सम्पर्क

सिसि क्यामेराको सहायताले टायर चोर पक्राउ

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ७ मेलचौर बजारमा मेलचौर युवा जागरणले जडान गरिएको सिसिटिभी फुटेजको सहयोगमा बोलेरो (ट्याक्स) गाडिको स्पियर टायर चोरी गर्ने व्यक्ति पक्राउ गरेको छ ।
सोमबार राति १२ बजे मेलचौर बजारमा पार्किङमा राखिएको स्थानीय कृष्ण प्रसाद दङ्गालको बोलेरो (ट्याक्स) गाडिको स्पियर टायर राखेको अवस्थामा नभएपछी खोजी गर्नका लागी सिसिक्यामारामा हेर्दा उक्त टायर लाने गाडी फेला परेको र सो अबस्थामा उक्त गाडी कदमबास तिरबाट आउँदै गर्दा मेलचौर बजारमा स्थानीयहरुले पक्राउ गर्न सफल भएको स्थानीय समाजसेवी तथा ज्ञानमन्दिर नमुना माध्यमिक बिद्यालयका व्यवस्थापन समितीका अध्यक्ष समेत रहनु भएका रामकृष्ण दङ्गालले जानकारी दिनुभयो ।
फुटेजको आधारमा आज बिहान सोहि बोलेरोलाई मेलचौर बजारतर्फ फर्किदै गर्दा स्थानियबाट सोधपुछ गरि सोहि गाडीमा टायर जडान गरिएको पाइएकाले सो घटनामा संलग्न व्यक्तिहरु र गाडिलाई प्रहरीको जिम्मा लगाइएको हो । टायर चोरी आफ्नै गाडीमा फिट गर्ने सवारी चालक दिपेन्द्र गिरी र बैतडी पाटन नगरपालिका वडा नं. १ घर बताउँने बिनोद विक सहित टायर फिट भएको टाटामोवायल इर्खु प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कार्वाहीका लागी बुझाएको छ ।
सि.सि.क्यामाराले चोरी तथा अराजक गतिबिधी हुनबाट रोक्नुका साथै विभिन्न गतिबिधी गर्नेहरुका पहिचान गर्न ठुलो सहयोग गरेको छ ।
मेलचौर युवा जागरणको सहयोगमा राखिएको क्यामेराबाट मेलचौरबासीहरुको सुरक्षाका साथै यस क्षेत्रमा हुने सडक दुर्घटना चोरी तथा अन्य अपराधिक घटनामा संग्लग्नहरुको पत्ता लगाउँन सुरक्षा निकायलाई ठुलो सहयोग पुगेको छ ।
यसअघी सोही सिसिक्यामाराका कारण मेलचौर बजारमा छाडिएर हराएको मोबाइल फेला पारिएको छ । गत हप्ता हराएको मोवाईल पनी सोहि सिसिक्यामाराको सहायताले मोबाइल लैजाने मानिस पत्ता लगाई सम्बन्धित मोबाइल धनीले पाएको थियो । यसरी मेलचौर बजारमा गरेको मेलचौर युवा जागरणले गरेको काम प्रशंसनिय रहेको र सो जागरणका कारण चोरी गर्ने गिरोहहरु पत्ता लागेकोमा जागरण परिबारलाई बिशेष धन्यबाद दिदै कृष्ण प्रसाद दङ्गालले आफ्नो काम नलाग्ने हुन लागेको पुरानो टायर भेट्नु भन्दापनी चोरी गर्ने गिरोहहरु भेट्नु नै महत्वपुर्ण उपलब्धी भएको बताउँनु भयो ।