सम्पर्क

महेन्द्र माविले मनायो ६३औं वार्षिकोत्सव

 सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–६ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव २० औं अभिभावक भेला तथा १४ औं आजीवन सदस्य भेला सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत सालको तुलनामा विद्यालय सुधारोन्मुख रहेकोमा खुशी व्यक्त गर्नुभयो । नजिकैको तेर्से माध्यमिक विद्यालको उदाहरण दिदै उहाँले त्यस्तै उदाहरणीय कार्य गर्न आग्रह गर्नुभयो । अध्यक्ष शेर्पाले देशनै अहिले विद्यार्थी विहिन स्थितिमा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्य निशुल्क गर्नसके मात्र मुलुकको परिबर्तन सम्भव रहेको बताउनुभयो । निजि विद्यालय सरह बनाउन सामुदायिक विद्यालयलाई के के आवश्यक पर्छ त्यसको ब्यबस्था गर्न गाउँपालिका तयार रहेको भन्दै शिक्षकहरुलाई त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो । आम जनतालाई अहिले राज्य भएको अनुभुती नभएको भन्दै अध्यक्ष शेर्पाले गुणस्तरीय शिक्षा र उपचार गर्न नसक्ने स्थितिकै कारण लाखौं नागरिक विदेशीएको दावी गर्नुभयो ।
कार्यक्रममा हेलम्बु ७ का वडा अध्यक्ष निलबहादुर खड्काले हेलम्बुले शिक्षाको क्षेत्रमा गरेको लगानी अनुसार प्रतिफल दिन नसकेको बताउनुभयो । उहाँले प्रत्येक विद्यालयमा बिषयगत शिक्षकको आवश्यक रहेकाले त्यसकोक ब्यबस्थापनमा सबै लाग्नुपर्ने बताउनुभयो । हेलम्बु सिकाइ केन्द्रका प्रमुख राजन लामिछानेले एसइइ मा सहभागी हुने विद्यार्थीहरुलाई भब्य तयारी गर्न सुझाउदै सुभकामना व्यक्त गर्नुभयो । उहाँले हेलम्बुको शिक्षा सुधारका लागी ब्यापक छलफल आवस्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने थुप्रै आधार भएकाले हरेक शिक्षकको छोराछोरी सामुदायिक विद्यालयमा पढाउने वातावरण सिर्जना गर्न सक्नुपर्ने बताउनुभयो । भूमेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक महासघं हेलम्बुका अध्यक्ष यमबहादुर जोतीले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन चुनौती रहेको बताउनुभयो । उहाँले स्थानीय तहले मात्र नभई अभिभावक, शिक्षाप्रेमी र विद्यालयको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने भएकाले विद्यार्थीलाई आकर्षण गर्ने वातावरण तर गर्ने कुरामा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पुर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो भने हेलम्बुका नृत्य शिक्षक चुडामणी फुयाल र विद्यार्थीहरुले आफ्नो कप्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा हरिकुमार शर्मा, राष्ट्रिय ब्यापार संघ लगायत उपलब्ध गराएको पुरस्कार वितरण गरिएको थियो । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष भरत थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक उद्ववकुमार लामिछानेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।