सम्पर्क

खेल जगतको बिकास नै मानव स्वास्थ्यको बिकास होः नगरप्रमुख बस्नेत

“स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद” भन्ने मुल नाराका साथ बाह्रबिसे नगरपालिकाले पाँचौ नगर स्तरीय अन्तर्गत माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता २०८० शुरु भएको छ । श्ुाक्रबार नगर प्रमुख बालकृष्ण बस्नेतले एक समारोहका बिच उक्त रनिङ्गशिल्ड प्रतियोगिताको उद्धघाटन गर्नु भएको हो । खेलको उद्धघाटन गर्दै बस्नेतले खेल जगतको बिकास नै मानव स्वास्थ्यको बिकास हो भन्नुभयो । उहाँले खेलाडी भनेकै राष्ट्रको गहना हुन् यो गहनाको संरक्षण गर्नसके मात्र राष्ट्र सुन्दर राष्ट हुन्छ, त्यसैले हामीले पनी खेल जगतको बिकासका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताउँनुभयो । उहाँले बाह्रबिसे नगरपालिकाको ९ वटा सामुदायक बिद्यालय बिच प्रतिस्पर्धा हुने र जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुने छन् भन्नुभयो । उहाँले खेल खेल्ने खेलाडीहरु अनुशासित हुने भएकाले यस्ता खेलाडी उत्पादनमा नगरले सहयोग गरिरहेको बताउँनु भयो । बस्नेतले १२ कक्षा सम्म निःशुल्क गर्नुका साथै कक्षा ८ सम्म दिवाखाजाको व्यवस्थापन गरेर स्थानीय स्तरमा नै उत्पादित खाद्यन्न खुवाउने व्यवस्था मिलाइएको र त्यसका लागी कृषक प्रोत्साहनको कार्यक्रम अन्तर गत हल गोरु पाल्नेका लागी बिमाको व्यवस्था गर्दे रु १० हजारका दरले पालनपोषण खर्च समेत उपलब्ध गराइएको बताउँनु भयो । कार्यक्रममा बाह्रबिसे नगरपालिकाका वडा नं. ८ का वडाअध्यक्ष तथा नगरपालिका प्रबक्ता  बिमल पौडेलले खेल अनुशासित ढङ्गबाट सञ्चालन गरेर खेलाडीहरुको मानेवल उच्च राख्नका लागी खेलाडीहरु नै सचेत हुनपर्ने बताउँनु भयो । यसैगरी वडा नं. ३ का वडाअध्यक्ष जीवन भण्डारीले खेलाडीहरुको मनोबल उच्च राखी राख्न आफुहरुले हरेक खेलकुद बिकासमा सहयोग गरिरहेको बताउँनु भयो । नगर शिक्षा शाखा प्रमुख कल्पना घिमिरेको सभापतीत्वमा उद्धघाटन समारोह भएको थियो ।