चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौर स्थित ज्ञानमन्दिर नमुना माध्यामिक विद्यायलले साच्चैको नमुनाकै रुपमा आफ्नो ४८ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।
शनिबार वार्षिकोत्सव, २८ औं अभिभावक सम्मेलन तथा भुतपुर्व विद्यार्थी पुर्नमिलन समारोह समेत रहेको ज्ञानमन्दिरको उक्त कार्यक्रमको प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले बिद्यालयको नाम मात्र ज्ञान मन्दिर होइन, भौतिक संरचना तथा वाताबरण अत्यन्त सुन्दर भएको बताउँनु भयो । उहाँले बिद्यालयको भौतीक अबस्था मात्र राम्रो भएर राम्रो हुने होइन, त्यहाँबाट पाएको ज्ञान राम्रो भयो भने मात्र शिक्षा सिकाइले साथर्तकता पाउँने बताउँनु भयो । उँहाले आफु पनी काममा बिश्वास गर्ने भएकाले ज्ञानमन्दिर माविले पनी काम गरेर देखाएकोले यसप्रती बढी बिश्वास जागेको बताउँनु भयो । उहाँले नगरभित्रको सम्पूर्ण विद्यालयमा शैक्षिक गुणस्तर विकासका लागि लागि परेको बताउनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । बार्षिकोत्सवका बिशिष्ठ अथिति समेत रहनुभएको जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख कृष्णप्रसाद सुवेदीले शैक्षिक गुणस्तर विद्यार्थीको सिकाइका लागि शिक्षकको अहम भूमिका हुने भन्दै शिक्षकले बढि जिम्मेबार हुनुपर्नेमा जोडदिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दंगालको सभापतीत्वतामा भएको वार्षिक उत्सव कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका उत्कृष्ठ विद्यार्थी, जेहेन्दार विद्यार्थीलाई पनि पुरस्कारका साथै सम्मान गरिएको थियो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुन्यप्रसाद गजुरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अतिथि चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास शाखा संयोजक तथा वडा नं. १३ का वडाअध्यक्ष रामप्रसाद गौतम,
वडा नं. ७ का वडा अध्यक्ष डम्बर बहादुर तामाङ वडा नं. ८ का वडाअध्यक्ष अमृत दंगाल, समाज सेवी भुपेन्द्र बहादर थापा,
समाजसेवी जमुना घोरासैनी पुर्ब बिद्यार्थी समाजका अध्यक्ष जनक गिरी लगाएतका पुर्ब बिद्यार्थीहरु, डा. शम्भु दगांल वडा नं. ७ का वडासदस्यहरु, पुर्व वडाध्यक्ष उमाप्रसाद दुलाल लगाएत शिक्षाबिद, अभिभावक, बिद्यार्थीहरुको उल्लेखनिय उपस्थितीमा वार्षिक उत्सव सम्पन्न भएको थियो ।
बार्षिक उत्सवमा सबै भन्दा रोचक भने प्रभात श्रेष्ठद्धारा निर्मीतबिद्यालयको वृतचित्र रहेको थियो ।
विविध सांस्कृतिक कार्यक्रमका बिच सम्पन्न वार्षिकोत्सव कार्यक्रममा लोकप्रिय समाचार राष्ट्रिय दैनिकका नेत्र बहादुर बस्नेत, बिद्यालयका शिक्षक युवराज श्रेष्ठ, बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागी छात्रबृतीका लागी रु तिन लाखको अक्षय कोष खडा गरेकोमा जमुना घोरासैनीलगायतलाई बिशेष सम्मान गरिएको थियो भने उत्कृष्ट बिद्यार्र्थीहरु भुपु विद्यार्थी आजिवन सदस्य सहितलाई सम्मान गरिएको थियो ।कार्यक्रममा तुलसी दंगालले स्वागत मन्तब्य राख्नु भएको थियो भने शिक्षा बिद नगेन्द्र दंगाल, नेत्र दंगाल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
शिक्षक यज्ञ दंगालले सञ्चालन गर्नु भएको कार्यक्रमको लोकप्रिय समाचारको सामाजिक सञ्जाल र रेडीयो लोकप्रिय नेत्रज्योती एफ.एम. र रेडीयो लोकप्रिय नेत्रज्योती अनलाइनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा प्रमुख अतिथि तथा नगरप्रमुख सापकोटाबाटै बिद्यालयको वभसाइट लमस्ते ज्ञानमन्दिरको उद्घाटन गरिएको थियो भने स्मारिका समेत बिमोचन गरिएको थियो । यसैगरी बिद्यालयमा सरस्वती मन्दिरको समेत शिल्यान्यास गरिएको थियो ।
