सम्पर्क

समाचार

राप्रपा निकट युवा संगठन देशको वैकल्पिक शक्ति हो ः लिङ्देन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाल सरकार पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन नै देशको वैकल्पिक शक्ति भएको बताउनुभएको छ । शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुपाल्चोक जिल्ला अधिवेशनको उद्धघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै देशको नेतृत्व गर्ने असल नेतृत्व नहुँदा देश र जनताले दुःख पाएको बताउनुभयो । उहाँले राष्ट्रबादी शक्ति राप्रपा भएकाले अवको युवाहरुले राप्रपाको नेतृत्वलाई विश्वास गर्न आग्रह समेत गर्नुभयो । उहाँले स्थानीय चुनावमा आफ्ना पार्टीका जनप्रतिनिधिहरुलाई भ्रष्ट्राचार गर्नु आमाको रगत खानु सरह हो भनि कसम खुवाउन एजेण्डा बोकेर अघि बढ्नुभएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य दईन्द्र बहादुर ठकुरीले पाटी भित्र कुनै बिबाद नभएको पाटीमा लागेर बिभिन्न समयमा असन...

चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि ज्ञानमन्दिर माविले उचाल्यो

खेलकुद, समाचार
पेनाल्टी सुटआउटमा गोलरक्षक सन्देश दंगाल नायक बनेपछि ज्ञानमन्दिर नमुना माविले दोस्रो चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय ७ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार चौतारास्थित मिनिरंगशालामा सम्पन्न फाइनल खेलमा ज्ञानमन्दिरले सेतीदेवी मावि स्याउलेलाई पेनाल्टी सुटआउटमा २–० गोलले पराजित गर्दै ज्ञानमन्दिरल उपाधि जितेको हो । उपाधिसँगै बिजेता ज्ञानमन्दिरले नगद ३० हजार रुपैयाँ पुरस्कार पायो भने उपबिजेता बनेको सेतीदेवीले नगद २० हजार रुपैयाँमा चित्त बुझायो । यसअघि निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा सुरुवाती अग्रता भने ज्ञानमन्दिरले लिएको थियो । आत्मघाती गोल खाएपछि पुनः मेलचौरले लिएको अग्रता खेलको अन्तिम समयमा गोल फर्काउँदै सेतीदेवीले बराबरीमा पु¥याएको थियो । पेनाल्टी सुटआउटमा ज्ञानमन्दिरका गोलरक्षक सन्देश दंगाल हिरो बने । उनले सेतीदेवीका द...

यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा सुरुवात

#, समाचार, स्वास्थ्य
  कुमार बस्नेत (अधिराज) नेपालमा पहिलो पटक सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीका फिजियो थेरापी सेवा सुरु भएको छ । सुनकोसी गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको नवनिर्मित स्वास्थ्य चौकीको शनिवार उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फिजियो थेरापी सेवा सुभारम्भ गर्नु भएको हो । मन्त्री बस्नेतले सो अवसरमा फिजियो थेरापीका सामग्री हस्तान्तरण गर्नु भएको हो । देशभरिका स्वास्थ्य चौकीमध्ये यमुनाडाँडामा सुरु भएको फिजियो थेरापी सेवा संभवतः पहिलो हो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नव निर्मित स्वास्थ्य चौकीमा थप सेवा सुरु हुनु खुशीको कुरा भएको बताउँदै बिकास निर्माणका काममा आफू सधै क्रियाशिल रहने बताउनु भयो । स्वास्थ्य चौकीमा तला थपेर स्वास्थ्यकर्मीको क्वाटर बनाएर सहज सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले थप ३८ लाख रुपैयाँ बिनियोजन गरेको बताउदै यहा...

सहयोगीलाई सम्मान गर्दै मनायो सिद्धिगणेश माविले ६२औँ बार्षिकोत्सव

ब्रेकिङ न्युज १, समाचार
 सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी स्थित सिद्धिगणेश माध्यमिक विद्यालयले बिभिन्न सहयोगीहरुलाई सम्मान गर्दै आफ्नो ६२औं वार्षिकोत्सब मनाएको छ । बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा र चौतारा साँगाचोकगढी नगरपालिका नगर उपप्रमुख सिता थापाको बिशेष अतिथ्यतामा समारोह सम्पन्न भएको हो । एक लाख २० हजारको अक्षयकोष स्थापना गर्नु भएका रमेश धिताल लगायत सहयोगीहरु तथा बिद्यालयका उत्कृष्ट शिक्षक, शिक्षीका, बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । जिल्लाकै पहिलो चाटर्ड एकाउण्टेन्टको रुपमा परिचित धितालले यसअघि पनि जिल्लामा हुने गरेका विभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग उपलव्ध गराउदै आउँनु भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री दुलालले क ख नपढेका हाम्रा अभिभावकले कुटो कोदालो गरेर हामीलाई पढाएका तर हामी शिक्षीतले पढाएका बालबालिका प्र...

डडुवा भवानी शंकर समाजको अध्यक्षमा नेपाल

समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – १४ मा रहेको श्री डडुवा भवानी शंकर माध्यमिक बिद्यालयको पूर्व बिद्यार्थीहरुको भेलाले नकुल नेपाललाई अध्यक्ष बनाउँदै भुपु बिद्यार्थी समाज गठन गरेको छ । माघ १९ गते शुक्रबार भएको छलफलमा समाजको अध्यक्षमा नकुल नेपाललाई चयन गरिएको छ भने उपाध्यक्षमा छन्द प्रसाद नेपाल, सचिबमा सरोज बोहरा सह–सचिबमा तोक बहादुर तामाङ, कोषाध्यक्षमा सुजन बस्नेत रहनु भएको छ । यसैगरी सदस्यहरुमा शुशिल रिसाल, रोशन नेपाल, मिरा श्रेष्ठ, शशि कुमार तामाङ, दुर्गा न्यौपाने नेपाल, पुर्ण कुमार तामाङ, हिरामान माझि, अर्जुन थापामगर, बिमल तामाङ, सुबास तामाङ, नारायण नेपाल, कृष्ण बहादुर श्रेष्ठ रहनु भएको छ । भने सल्लाहकार संयोजकमा लक्ष्मण नेपाल रहनु भएको छ । डडुवा भवानि शंकर माध्यमिक बिद्यालयको उपलब्ध भुपु बिद्यार्थिहरुको भेलाबसी भवानि शंकर भुपु बिद्यार्थि समाजको तदर्थ समिति निर्माण गरिएक...

घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन स्वास्थ्य मन्त्री बस्नेतको आग्रह

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले आज सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका चौतारामा ‘क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रम २०८०’ दोस्रो चरणको शुभारम्भ गर्नु भएको छ । कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्री बस्नेतले रोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गर्नु भएको हो । “क्षयरोग निर्मुलका लागि तीन बर्ष अगाडिदेखि सुरु भएको यो अभियानमा यस बर्ष थप एक सय वटा पालिकामा लागू हुँदैछ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गर्दछु । रोगको निदानका लागि जनचेतना नै महत्त्वपूर्ण हो, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नु पर्छ ।“ मन्त्री बस्नेतले भन्नुभयो । मन्त्री बस्नेतले रोग लागेपछि ओैषधि उपचार गर्ने भन्द...

मुलखर्कमा भव्य ल्होसार मेला हुने

मनोरन्जन, समाचार
तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होसारको अवसरमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ मुलखर्कमा शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । मुलखर्क तामाङ समाजको आयोजनामा स्थानीय जनप्रतिनिधिको उपस्थिति र ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने मुलखर्क तामाङ समाजका अध्यक्ष पञ्चबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताउनुभयो । तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८६० औँ सोनाम ल्होछार २०८० डुक ल्हो को अवसरमा माघ २० गते शनिबार मुलखर्क स्कुलडाँडामा भव्य मेला हुने मुलखर्क तामाङ समाजले जानकारी दिएको छ ।...

चौतारा बहुमुखी क्याम्पसलाई क्युएए प्राप्त

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ गोले सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारा सदरमुकाम स्थित रहेको चौतारा बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसअनुसार क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले बताउनुभयो । लामो समयको अथक प्रयासपछि क्याम्पसले क्युएए प्राप्त गर्न सफल भएको हो । यो सफलता सानो मिहेनेतले प्राप्त नभएको, सिङ्गोे क्याम्पस परिवारको कठोर मिहेनत र परिश्रमको परिणाम भएको क्याम्पस प्रमुख दंगालले बताउनुभयो । गरे के हुँदैन, मिहिनेत गर्ने हो भने जस्तो सुकै चट्टान फोरेर भएपनि सफलताको शिखरमा पुग्न समय लाग्दैन । चौतारा बहुमुखी क्याम्पसलाई पनि यस्तै सफलता मिलेको...

१० वर्षभन्दा पुरानो गाडीमा पर्यटक बोक्न नपाउने

समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले १० वर्षभन्दा पुरानो गाडीमा पर्यटक बोक्न नपाउने जनाएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर १ को दोरिङ्गमा पर्यटक बोकेको गाडी दुर्घटनामा परेर दुई भुटानी नागरिकको मृत्यु भएको थियो भने अन्य ५ जना घाईते भएका थिए । सोही घटना पश्चात् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले जारी गरेको विज्ञाप्तिमा यस्तो भनिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टीकोणले अत्यन्त महत्वपूर्ण यस गाउँपालिकामा आउने पर्यटकहरुले पुरानो गाडी प्रयोग गरेका कारण दुर्घटना भएकाले यस गाउँपालिका भित्र १० वर्ष भन्दा पुरानो गाडीबाट पर्यटक बोक्न प्रतिबन्ध लगाउनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरि सकेको छ । आगामी कार्यपालिकाको बैठकबाट १० वर्ष पुरानो गाडीलाई पर्यटक बोक्न नदिने निर्णय गर्ने तयारी गरेको छ ।’ साथै उक्त विज्ञप्तिमा मृतक भुटानी नागरिक पर्यटकप्रति श्रद्धाञ्जली व्यक...

जुम्लामा हिमपात, किसान खुसी

ब्रेकिङ न्युज २, समाचार
जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिनुभयो  । यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ । स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । रासस...