सम्पर्क

१० वर्षभन्दा पुरानो गाडीमा पर्यटक बोक्न नपाउने

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले १० वर्षभन्दा पुरानो गाडीमा पर्यटक बोक्न नपाउने जनाएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर १ को दोरिङ्गमा पर्यटक बोकेको गाडी दुर्घटनामा परेर दुई भुटानी नागरिकको मृत्यु भएको थियो भने अन्य ५ जना घाईते भएका थिए । सोही घटना पश्चात् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले जारी गरेको विज्ञाप्तिमा यस्तो भनिएको छ ।
धार्मिक तथा पर्यटकीय दृष्टीकोणले अत्यन्त महत्वपूर्ण यस गाउँपालिकामा आउने पर्यटकहरुले पुरानो गाडी प्रयोग गरेका कारण दुर्घटना भएकाले यस गाउँपालिका भित्र १० वर्ष भन्दा पुरानो गाडीबाट पर्यटक बोक्न प्रतिबन्ध लगाउनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरि सकेको छ । आगामी कार्यपालिकाको बैठकबाट १० वर्ष पुरानो गाडीलाई पर्यटक बोक्न नदिने निर्णय गर्ने तयारी गरेको छ ।’ साथै उक्त विज्ञप्तिमा मृतक भुटानी नागरिक पर्यटकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरिएको छ ।