लायन्स क्लब अफ काठमाण्डौ फेलोसिपको बोर्ड तथा नयाँ सदस्यहरुको शपथ मेलम्चीमा
देबराज सुबेदी
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ एफ अन्र्तगत रहेको लायन्स क्लब अफ काठमाण्डौ फेलोसिपको बोर्ड तथा नयाँ सदस्यहरुको शपथ ग्रहण कार्यक्रम शनिबार मेलम्चीमा सम्पन्न भएको छ । काठमाण्डौ फेलोसिपका सदस्य राजेशदास हिमालयको अध्यक्षतामा क्लबको नवनिवार्चित पदाधिकारीलाई डिस्ट्रीक गर्भनर शिबकुमार कटुवालले शपथ ग्रहण गराउनुभएको थियो ।कार्यक्रममा बर्ष २०२३÷२४ को नवनिर्वाचित काठमाण्डौ फेलोसिपका अध्यक्ष राजेशदास हिमालयले आफुले गरेका बिभिन्न सामाजिक सेवाहरुको प्रस्तुतिकरण गर्नुभएको थियो । समाज सेवामा सक्रिय उहाँले बिशेषगरी सिन्धुपाल्चोकको बिभिन्न स्थानमा रहेका संघ संस्था, बिद्यालयहरुमा बिद्यार्थी तथा विपन्न परीवारको लागि न्यानो कपडा, झोला, स्टेशनरी तथा शैक्षिक सामाग्रि लगायत जाजरकोटमा गएको भुकम्पबाट प्रभावितहरुका लागि राहत वितरणको लागि महत्वपूणर् भुमिका खेल्नुभएको थियो ।कार्यक्रममा ने...
