सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ७ कल्लेरी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा दुग्ध उत्पादक किसानहरुलाई २ दिने तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष डम्बर बहादुर तामाङले दुग्ध उत्पादन व्यवसायमा आबद्ध भएको तर प्राविधिक ज्ञान नभएका किसानहरुका लागि यो कार्यक्रम अत्यन्त फलदायी हुने बताउनुभयो । उहाँले वडाका धेरैजसो किसानहरु दुग्ध उत्पादनमा आबद्ध भएकोले यो तालिमपश्चात् उत्पादनमा वृद्धि र उत्पादन खर्च कटौती गर्न किसानहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
शुक्रबार र शनिबार २ दिन सञ्चालन हुने तालिममा चौतारा साँंगाचोकगढी नगरपालिका कृषि शाखा प्रमुख अर्जुन खड्का, जिल्ला सहकारी संघका सल्लाहकार यज्ञ प्रसाद दंगाल, रेडियो सुनकोशीका स्टेसन मेनेजर यज्ञ दंगालको लगायतको उपस्थिती रहेको थियो भने सहकारी संस्थाका अध्यक्ष हरि बहादुर दंगालको सभाध्यक्षमा तालिमको उद्घाटन सम्पन्न गरिएको थियो ।