मुलखर्कमा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक– नागरिकमा कानुनी ज्ञान र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका – ८ मुलखर्कस्थित श्री आदर्श विद्या मन्दिर आधारभूत विद्यालयमा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गयिरएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा प्रमुख अतिथि तथा वडा नं. ८ का वडा अध्यक्ष अमृत दङ्गाल विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले कानुनसम्बन्धी आधारभूत जानकारीका अभावले व्यक्तिलाई विभिन्न समस्या र अन्यायको सामना गर्न बाध्य बनाउने बताउनुभयो । उहाँले आफ्नो अधिकार, कर्तव्यप्रति सचेत नागरिक निर्माण गर्न वि...









