सम्पर्क

समाचार

बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित ३ जनाको निधन

ब्रेकिङ न्युज १, समाचार
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा १ झ २०० नं को सरकारी जीप आज बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ । रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडाँै जानुभएको जानकारी पाएको उहाँले बताउनुभयो । दुर्घटनास्थलमा ...

सेतिदेवी आविको विव्यस अध्यक्षमा थापा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ स्थित रहेको सेतिदेवी आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरेकोे छ । बिहिबार बसेको अभिभावक भेलाले दुर्गा बहादुर थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिसर्वसम्मत गठन गरेको हो । विद्यालयको सदस्यहरुमा सन्जु खड्का, मनकुमारी खड्का, गेद बहादुर थापा, दुकु कुमारी थापा, टिप बहादुर थापा, खिक बहादुर थापा, गणेश बहादुर थापा र भगवती थापा रहनुभएको छ भने सहसचिवमा रामशरण ढुङ्गाना रहनुभएको छ ।...

सत्ता सहकार्यले कांग्रेसलाई अझ बलियो बनाउन मद्दत पुग्छ ः सभापति देउवा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता सहकार्यले कांग्रेसलाई आगामी दिनमा अझ बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई  आयोजित सम्मान कार्यक्रममा सभापति देउवाले कांग्रेसले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । “भोलिका चुनौतीपूर्ण दिनलाई अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको उल्लेख गर्दै सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्ताको भावनाअनुसार नै वर्तमान सत्तासमिकरण बनेको बताउनुभयो । “कतिपयले दुई ठूला पार्टी मिलेपछि अरू पार्टी सिधिन्छन्, सिध्याउन खोजे भन्छन् । तर त्यस्तो होइन, कांग्रेस यस्तो चाहँदैन, एमालेको पनि यस्तो सोच देखेको छैन । सबैलाई मिलाएर लैजान ...

नगर प्रमुख आइतमान तामाङ सम्मानीत ,नगरबासीहरुलाइ बिषेश धन्यबाद

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ सम्मानीत हुनु भएको छ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभाग ले बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मान पाए पछी नगर प्रमुख तामाङले आफुले नेतृत्व गरेको मेलम्ची नगरपालिकाकालाइ २०७९÷८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पारेर यो सम्मान दिलाउँनु सहयोग गर्नु हुने नगरकार्यपालीकाका पदाधिकारी, कर्मचारी प्रशासन, उपभोक्ता समितीहरु, लगाएत सम्पुर्ण नगरबासीहरुलाइ बिषेश धन्यबाद दिन चाहान्छु भन्ने हुँदै आगामी दिनमा अझ ब्यवस्थित र शुशानको लागी अगाढी बढ्ने प्ररेणा मिलेको बताउँनु भयो । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई बिहीबार पुर्ब प्रधानमन्त्री नेपाली काँग्रेसका पाटी सभापती शेर बहादुर देउवाले एक समारोहका बिच सम्मान गर्...

सेती देबी आधारभुत बिद्यालयमा दुर्गा थापा

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ३मा रहेको सेती देबी आधारभुत बिद्यालयमा बिद्यालय व्यवस्थापन समितीको पुर्नगठन गरिएको समाचार प्राप्त भएको छ । बिहीबार बिद्यालयमा भएको अभिभावक भेलाले बिब्यसको अध्यक्षमा दुर्गा बहादुर थापा रहनु भएको बिद्यालय प्रधानध्याक रामशरण ढुङ्गनाले जानकारी दिनु भयो । उाहाका अनुसार बिद्यालय ब्यबस्थापन समितीका सदस्यहरुमा सन्जु खड्का,मानकुमारी खड्का,गेद बहादुर थापा,टुकुकुमारी थापा , टिप बहादुर थापा, खिक बहादुर थापा, गणेश बहादुर थापा , भगवती थापा रहनु भएको छ।  ...

दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
–रूपेश आचार्य काठमाडौं ।  उपत्यकाको कम बजेट भएको र उद्योग धन्दा समेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी कुल सात सय किलोग्राम र अकबरे खुर्सानी कतारतर्फ पठाइएको छ ।‘यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी मेहनत र खर्च लागे पनि राम्रो भाउ पाइन्छ’, किसान बलामीको भनाइ छ । नगरपालिकाको वडा नं ९ स्थित आफ्नै १३ रोपनी र भाडामा लिएको सात रोपनी गरी २० रोपनी जमिनमा कृषिकर्म गरिरहेका बलामीले जग्गाको अधिकांश भागमा टाटेसिमी नै लगाएका छन् ।‘गाईवस्तुको मल हाल्दा धेरै र लामो समयसम्म फल्दोरहेछ’, बलामीको अनुभव छ । साउनबाट फल्न सुरु गर्ने टाटेसिमी कडा तुषारोले नभेटेमा माघसम्म नै फलिरहने उनको भनाइ छ । कृषिमा निर्यात गर्दै आएका संस्थाह...

एमालेले अब माओवादी बोक्दैन, हिंसा कोटिहोम होईन, हिंसा नै हो ः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आगमी निर्वाचनमा माओवादी पार्टीसँग सहकार्य नगर्ने बताउनुभयो । ‘एमाले फुटाउने, कहिले यता खेल्ने, कहिले उता खेल्ने प्रचण्डको चरित्र उदाङ्गो भैसकेको छ । अव एमालेले माओवादीलाई बोक्दैन’,–बस्नेतले भन्नुभयो, ‘समुदाय भड्काउने, ध्वंसको राजनीतिवाट माथि नउठ्ने माओवादीको अव कुनै भविष्य छैन ।’ ‘हिंसा हिंसा नै हो, कोटिहोम होईन, मान्छे मार्नुलाई हामीले कोटीहोम मान्ने ?’–बस्नेतले प्रश्न गर्नुभयो । ‘आज सयौको संख्यामा माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभयो, माओवादी नेता अग्नी/सुवोध सापकोटालाई जनताले नै जवाफ दिनुभयो,’ नेता बस्नेतले भन्नुभयो, –‘माओवादीले आफ्नो अस्तित्व सम्झिएको चौतारामा आफ्नो जनाधार समाप्त गरेको छ, अव माओवादीले कहीँ कतै जित्दैन...

मुलुकको अहिलेको आवश्यकता नै एमाले हो ः भट्टराई

ब्रेकिङ न्युज २, राजनिती, समाचार
मुलुकलाई दिशानिर्देश गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज राजन भट्टराईले बताउनुभयो । नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियानको सुरुवात गर्दै भट्टराईले गएको निर्वाचनमा केही अलमलका कारण पहिलो पार्टी बन्न नसकेको र अव एमाले पार्टीको घेरावन्दी तोडिएको बताउनुभयो । नेपाली कांग्रेस र नेकपा एमाले नै अवको मुख्य प्रतिस्पर्धी भएको उहाँको धारणा छ । ‘माओवादी अव गणनामा आउँदैन, मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसको हो भन्ने थाहा हुँदाहुदै सत्ता साझेदार बनेको छ । यसको खास कारण एमालेप्रतिको घेरावन्दीको अन्त्य र मुलुकको आजको आवश्यकताले हो’– भट्टराईले भन्नुभयो, ‘राष्ट्रिय संकटबाट मुक्ति र समृद्धिको लागि वर्तमान गठवन्धनको सरकार निर्माण भएको हो ।’ माओवादीको ओरालो यात्रा आजको पार्टी प्रवेशले प्रष्ट्याएको बताउँ...

एमाले चौताराको बृहत पार्टी प्रवेशः ३ सय १९ जना एमालेमा प्रवेश

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा ३ सय १९ जनाले विभिन्न पार्टी परित्याग गरि एमाले मा प्रवेश गरेका छन् । अधिकांश माओवादी बाट अन्य राप्रपा, समाजवादी र कांग्रेसबाट एमालेमा प्रवेश गरेका हुन् । वडा नंम्वर १ बाट १ सय चालीस, वडा नंम्वर ५ बाट ४३ सहित ३ सय १९ जनाले एमाले पार्टी प्रवेश गरेको नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारि दिनुभयो ।...

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

ब्रेकिङ न्युज २, समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि आज आयोजित सम्झौता कार्यक्रममा उहाँले भन्नुभयो, “हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं र लगानीकर्ताहरूका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार पनि तयार छ ।” मन्त्री भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको कुरामा जोड दिनुभयो । उहाँले यो सम्झौताले दुई राष्ट्रबीचको प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवातको सङ्केत गरेको उल्लेख गर्नुभयो । “यो नयाँ सूचना र प्रविधि उद्यमको स्थापनाको साक्षी हुँदा हामीले व्यापार सम्झौतामा हस्ताक्षर मात्...