सम्पर्क

समाचार

सौर्यका क्याप्टेन मनिष शाक्य बाहेक कोही बाचेनन्

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको छ । १९ जना सवार रहेको विमानमा सौर्यका क्याप्टेन मनिष शाक्यको जीवित उद्धार गरि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । उहाँका अनुसार विमानमा सवार १८ जनाको यत्रतत्र अवस्थामा छरिएर रहेका शव सङ्कलन गरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।...

दोलखा भीमसेनको शिलामा फेरि आयो पसिना

ब्रेकिङ न्युज २, समाचार
दोलखाको प्रसिद्ध भीमेश्वरको शिलामा पुनः पसिना आएको छ । बुधवार दिउँसो १२ः४५ बाट शिलामा पसिना आएको भीमेश्वर गुठि व्यवस्थापन समितिले जनाएको छ । शनिवारमात्र भीमेश्वरको शिलामा दुईपटक पसिना आएको थियो । शिलामा पसिना आउदा मुलुकमा कुनैन कुनै उथलपुथल हुने जनविश्वास रहि आएको छ । प्रसिद्ध भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुन पसिना आएको पुजारी काशीनारायण श्रेष्ठले जानकारी दिनुभयो । शिला एक्कासि कालो र चम्किलो भएसँगै तप तप पसिना बग्न थालेको देखेपछि गुठियार र पूजा व्यवस्थापन समितिका पदाधिकारीलाई खबर गरेका थिए । सिलामा पसिना आउनु अनिष्टको सूचकका रुपमा मानिन्छ ।...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

ब्रेकिङ न्युज १, समाचार
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको एन–एएमई जहाज दुर्घटनामा परेका छ । जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको समाचार प्राप्त भएको छ । दुर्घटनाग्रस्त जहाज ११ बजे पोखराका लागि उडेको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको प्राधिकरणले जनाएको छ । दुर्घटनाबारे थप विविरण आउन बाँकी छ ।...

कोशी प्रदेश तदर्थ समिति गठन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार, साहित्य
इटहरिको नेचर हव सेन्टरको हलमा हाम्रो लघुकथा केन्द्र नेपाल, कोशी प्रदेशको तदर्थ समितिको आयोजनामा समिति गठन तथा लघुकथा वाचनको कार्यक्रम सम्पन्न भएको छ । साउन ५ गते शनिबार केन्द्रका अध्यक्ष लता केसीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कोशी प्रदेशका संयोजक अनु विज्ञातिको सभापतीत्व भएको हो । आयोजकले तदर्थ समितिमा प्रस्तावित नामहरूलाई अनुमोदनपछि पदाधिकारीहरुको ११ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा संयोजक अनु विज्ञाति, सह संयोजक श्रीप्रसाद पोखरेल, सचिव सीता रेग्मी, सह सचिव शुक्रराज कुँवर , कोषाध्यक्ष पी पी कोइराला सदस्यहरु रोशन पराजुली, राजकुमार श्रेष्ठ, पुष्पा सायरा , नवराज पोखरेल नवशिला , सरिता भट्टराई नेपाल, तारा श्रेष्ठ रहनु भएको छ । यसै गरि समितिका संयोजकमा खेमराज खनालञकलमसौखिनझ र सल्लाहकारहरूमा उमा सिजापती र रमेन्द्र कोइराला रहनु भएको छ । लघुकथा गान बजाएर कार्यक्रम सुर...

खानेपानी मन्त्रालयमा बुझायो ध्यानाकर्षणपत्र

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची खानेपानी आयोजना र बाढीपिडित सरोकारवालाहरुको तर्फबाट आज खानेपानी मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाएको छ । काठमाण्डौंको खानेपानी समस्या समाधान गर्न सरकारको गौरवको मेलम्ची खानेपानी आयोजना सञ्चालित भएपनि सिन्धुपाल्चोकको समस्या समाधान नभएको भन्दै आज नेकपा एमालेका स्थाई कमिटि सदस्य पूर्व मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा गएको टोलीले खानेपानी मन्त्री प्रदिप यादवलाई ध्यानाकर्षणपत्र बुझाएको हो । मेलम्चीको पानी काठमाडौं पथान्तरण गर्ने पहिलो चरणको काम सम्पन्न भइसकेपछि २०७८ असार १ गते आएको बाढीले आयोजनाको मुहानस्थल अम्बाथानमा बनाइएका संरचना पुरिएको छ भने नदि किनारमा थुपारिएको गेग्रानका कारण तटिय क्षेत्रका नदि किनारका बस्ती,खेतियोग्य जमिन,अन्य संरचना र सडकमा क्षति पुगेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहान सार्न ४ अर्ब र दोस्रो चरणको याङि र लार्केको काम गर्न ३१...

नयाँ भवनबाट सेवा दिदै चौतारा अस्पताल, राम्रो सेवा पाएकोमा सेवाग्रही खुशी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकमा चौतारामा रहेको चौतारा अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको छ । नयाँ भवनबाट सेवा दिन थालेपछी अस्पतालमा सेवाग्राहीको भिडपनि हुन थालेको छ । आइतबार अस्पातलको स्थितीबारे जानकारी लिन अस्पताल पुगेको लोकप्रिय नेत्रज्योतीका प्रतिनिधीहरुसँग कुरागर्दै अस्पताल प्रमुख नि. मडिकल सुपरिटेण्डेन्ट रुद्रमणी भण्डारीले अस्पतालका बारेमा जानकारी दिदै अस्पातालबाट प्रसुति सेवामा शिशु जन्मदादेखी नै आबश्यक उपचारको व्यवस्था गरिएको बताउँनु भयो । विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले कार्यरत डाक्टरहरु १४ जना छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने बताउँदै हाललाई करारमा ३४ जना माग गरिएको छ।  छिमेकी राष्ट्र चिन सरकारको सहयोगमा ३९ कोठाको भवन बनेको हो । भवनको उद्घाटन तथा हस्तान्तरण गत जेठ १६ गते भए पनि अस्पतालको सेवा सो भवनबाट दिन भने श्रावण ३गते देखी ...

साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको घुईचो

ब्रेकिङ न्युज २, समाचार
आज साउनको पहिलो सोमबार, देशभरका शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । हिन्दु धर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । आज काठमाडौं उपत्यकाका प्रमुख शिवालय, पशुपति नाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरुमा दिनभर...

बाह्रबिसे नगरपालिकाद्धारा १९ जनालाई सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले नगरभित्रका आमाबुबाविहीन बालबालिकाहरुलाई जनही रु १० हजारका दरले आर्थीक सहयोग गरेको छ ।हामी सबैको चाहाना सुन्दर शान्त र सफा नगरको परिकल्पना भन्ने नाराका साथ बाबुआमा बिहीन बालबालिका स्ररक्षण कार्यक्रम अन्तरगत आइतबार गुरु पुर्णीमाका दिन पारेर नगरप्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा आमाबुबा विहिन १९ जना बालबालिकाहरुलाई सरंक्षण तथा शिक्षा, स्वास्थ्यको लागि प्रतिव्यक्ति रू.१०,०००÷– (दश हजार) को दरले रकम हस्तानन्तरण गरेको हो । बाह्रबिसे नगरपालिका महिला तथा बालबालिका संयोक नगर उपप्रमुख मन्जु तामाङको अध्यक्षतमा भएको कार्यक्रममा १९ जनालाई रकम दिदै नगर प्रमुख बस्नेतले उक्त रकम स्वास्थ्य र शिक्षामा खर्च गर्न भन्दै राम्रो पढ्नेलाई नगरबाट अरु थप सहयोग हुने बताउँनु भयो । उहाँले बाह्रबिसे नगरपालिकाले उमाबीसम्म निःशुल्क गरेको र नगरका कोही पनि शिक्षा र स्वास्...

स्काउटको जग्गा विवाद सुल्झाउन पहल गर्छु ः खेलकुमन्त्री चौधरी

समाचार
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सकभर छिटो सुल्झाउन आफूले पहल गर्ने बताउनु भएको छ । आइतबार सिंहरदरबार स्थित मन्त्रालयमा स्काउटसँगको ब्रिफिङपछि मन्त्री चौधरीले स्काउटको जग्गा विवादको कुरा सुल्झाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, ’हामीसँग जग्गा छ । लैनचौरको जग्गा विवाद हामी सकभर छिटो समाधान गर्ने छौं । त्यसमा हामी पर्यटकीय प्रयोग हुने गरि तालिम केन्द्र बनाउन सक्छौं ।’ उहाँले स्काउटलाई खेलकुद पर्यटनको माध्यम बनाउने गरी पहल समेत प्रतिवद्धता जनाउनुभयो । स्काउटको लालपुर्जा सहितको जग्गा १२ जिल्लामा रहेको भए पनि सही उपयोग नभएको भन्दै मन्त्री चौधरीले यसको सही तथ्याङ्क निकाल्नसमेत निर्देशन दिनुभयो । ‘हामीसँग १२ जिल्लामा लालपुर्जासहितको जग्गा छ । जसमा कहाँ के भइरहेको छ । यसको तथ्याङ्क हुनुपर्छ । सक्दो छिटो साउन महिनाभरीमा हामीले स्काउट...

वर्षायामसँगै बढ्दै डेंगु, संक्रमितको संख्या १६ सय नाग्यो

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
वर्षायामसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको  छ । पछिल्लो समय ७३ जिल्लाबाट १ हजार ६ सय ५७ जनामा डेंगु पुष्टि भएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५ सय ७०, कोशी प्रदेशमा ३ सय ९६ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा २सय ५६, लुम्बिनी प्रदेशमा १ सय ९६, सुदूरपश्चिममा १ सय ७५, मधेश प्रदेशमा ४१ र कर्णली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिनुभयो । जिल्ला अन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १ सय ९६, झापामा १ सय २८ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सका अनुस...