सम्पर्क

समाचार

बेपत्ता महिलाको हत्या, एक जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
केही दिनदेखी बेपत्ता भएको सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ मेलडाँडाकी ५७ बर्षिय धनमाया श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा प्रहरीले गुल्मी कालीगण्डकी गाउँपालिका–४ घर भई बलेफी गाउँपालिका–१ मा रहेको तल्लो बलेफी हाइड्रोपावरमा मजदुरीको काम गर्ने ३७ वर्षीय रनबहादुर गाहालाई पक्राउ गरेको हो । गत भदौ २६ गते उनी बेपत्ता रहेको भन्दै इलाका प्रहरी कार्यालय गोल्छे यलम्बु जलविरेमा मौखिक उजुरी आएको थियो । भदौ २७ गते मृतक धनमायाकी छोरीले निवेदन समेत दर्ता गराएकी थिइन् । प्रहरीले खोजतलास गर्दै जाने क्रममा घरदेखि उत्तरतर्फ गोरेटो बाटोदेखि ब्रम्हायणी खोलाको डिलसम्म चुडिएको अवस्थामा धागोसहित पोतेका दानाहरू ठाउँठाउँमा फेला परेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । घटना शंकास्पद देखिएपछि नजिकै काम गर्ने रनबहादुरलाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । घटनास्थलमा तालिम प्राप्त ...

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याउनुभएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उहाँले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।  मन्त्री भण्डारीले भन्नुभयो, “तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासयी अवस्थामा पुगेको छ, यही ढङ्ले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस, संस्था चलायमान बनाउन सरकारको आग्रह छ ।” भारतका विभिन्न ठाउँमा रहेका पोर्टहरुको अवस्था अत्यन्तै नाजुक अवस्था रहेको उल्लेख गर्दै उह...

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य

ब्रेकिङ न्युज २, समाचार
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो । भारतीय आयल निगमबाट आईतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आईतबार  राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आईतबार  बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो । निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।...

सांगीतिक प्रस्तुतिका लागि कतार पुगेका गायक रमेशराज भट्टराईसँगै तीन कलाकार सम्मानित

मनोरन्जन, समाचार
दर्शन सुनार/कतार कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन पुगेका चार जना कलाकार सम्मानित हुनु भएको छ । सम्मानित हुने कलाकारहरुमा पछिल्लो समयका ब्यस्त तथा चर्चित गायक रमेश राज भट्टराई,सर्जक तथा लोक दोहोरी गायिका प्रतिभा शर्मा चापागाईं , ईरेक्टर/कोरियोग्राफर प्रदिप कुमार रसाइली र मोडल तथा नृत्याङ्गना रिया बिश्वकर्मा रहेका छन् । चारै जना कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारले शनिवार एक कार्यक्रमको आयोजना गर्दै कलाकारलाई दोसल्ला ओढाएर सम्मान पत्र ग्रहण गर्दै सम्मान गरेको थियो । सम्मान पश्रांत शुभकामना मन्तव्य बोल्दै गायक भट्टराईले आफू कतारमा पाचौं पटक सम्म सांगीतिक प्रस्तुति दिने अवसर मिलेको बताउदै प्रतिष्ठान शाखा कतारबाट दोस्रो पटक सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्नु भयो । उहाँले वैदेशिक शाखाबाट आएका दुख गुनासा आफुले सुन्दै आईरहेको र केन्द्रमा पनि वैदेशिक शाखाका गुना...

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याउनुभएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उहाँले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासयी अवस्थामा पुगेको छ, यही ढङ्ले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस, संस्था चलायमान बनाउन सरकारको आग्रह छ ।” भारतका विभिन्न ठाउँमा रहेका पोर्टहरुको अवस्था अत्यन्तै नाजुक अवस्था रहेको उल्लेख गर्दै उ...

सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा

समाचार
ललितपुर सैबु खानेपानी तथा सफाई उपभोक्ता समितिको अध्यक्षमा दीपक थापामगर निर्बिरोध निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सातौ अधिवेशनले उहाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्ष, सह कोषाध्यक्षमा क्रमशः विनोद कुँवर, विसुराम थापा, निरु कुँबर, धनश्याम थापामगर र नारायण थापा चयन हुनुभएको छ । कार्यसमितिको सदस्यहरुमा गंगादेवी खड्का, सुदर्शन कुँबर, भगवती थापा, लक्ष्मी केसी,सुरेश थापा, शेषानन्द सञ्जेल र भगवती सापकोटा चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष थापामगरले अघिल्लो कार्यसमितिले गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताउनुभयो । भन्नुभयो–थुप्रै योजनाहरुछन। मेरो कार्यकालमा अधिकांस पुरा गर्नेछु । कार्यक्रममा ललितपुर महानगरपालिका –१८का वडा अध्यक्ष दामोदर खड्काले वडाका ४० प्रतिशत जनसंख्यालाई खानेपानी आपुर्ति गरेर उत्कृष्ठ कार्य गरेको बताउनुभय...

नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

ब्रेकिङ न्युज २, समाचार
नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जारी निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनय दर्ताको कार्यक्रम छ । सोही दिन साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथिको दाबीविरोध तथा असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका छ । यसैगरी असोज ५ गते साँझ ६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान तथा मतदान समाप्त भएपश्चात मतगणना गर्ने कार्यतालिका छ । यस्तै प्रदेश समितिको मनोनयन आगामी असोज ८ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म र संस्थागत समिति, जिल्ला शाखा र प...

नेपाल भुतपुर्व सैनिक संघ इन्द्रावतीको अध्यक्षमा लिला तामाङ 

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाल भुतपुर्व सैनिक संघ इन्द्रावती गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा लिला बहादुर तामाङ निर्वाचित हुनुभएको छ । त्यस्तै सचीवमा जलप्रसाद लम्साल, कोषाध्यक्षमा श्याम बहादुर श्रेष्ठ र सदस्यहरुमा क्रमश राम बहादुर ठकुरी, विजयराम नापित, राम बहादुर गिरी, हरि बहादुर गिरी, काजी तामाङ, राम बहादुर तामाङ, दल बहादुर भारती, वीर बहादुर तामाङ, गणेश बहादुर तामाङ, वोध विक्रम थापा, चुनलाल माझीसहित १५ जनाको कार्यसमिति निर्वाचित भएको हो । शनिबार इन्द्रावती गाउँपालिका नवलपुरमा भएको प्रथम अधिवेशनमा कांग्रेस पूर्व केन्द्रिय सदस्य विष्णु विक्रम थापाले निर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना दिदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन सैनिक साथीहरुको सहयोग हुनेमा आफु विश्वास्त रहेको बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्दै पूर्व गाउँपालिका अध्यक्ष बंशलाल तामाङले सैनिक संघको गठनले कांग्रे...

पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषको अध्यक्षमा नन्दलाल

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/कतार पर्वत समाज कतारको संरक्षकत्वमा स्थापित पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषले प्रथम अधिवेशन २०२४ भब्य रुपमा सम्पन्न भएको छ । पर्वत समाज बहुउद्देश्यीय अक्षयकोष कतारका अध्यक्ष नन्दलाल बिक(अजय) को सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्षमा नन्दलाल बिक (अजय) निर्वाचित हुनु भएको छ । त्यसैगरी उपाध्यक्षमा छबिलाल भट्टराई, श्यामलाल न्यौपाने, चिन्तामणी पौडेल, सचिवमा ओम बहादुर क्षेत्री (सन्तोष) सह सचिवमा भरत मल्ल ठकुरी,कोषाध्यक्षमा रघुनाथ शर्मा, र सह कोषाध्यक्षमा भिमकान्त पौडेल निर्वाचित हुनुभएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा क्रमश दिल कुमार श्रेष्ठ, शेषराज तिमल्सिना, सेवक घताने, महेन्द्र कुमार चालिसे, हरि प्रसाद शर्मा,आनन्द जिसी, टंक प्रसाद तिवारी, राम प्रसाद ...

जग्गा भाडामा लिएर तरकारी खेती

कृषि, बिजनेस, विचार, समाचार
म्याग्दी, २९ भदौ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारीखेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो । विद्यालयका प्रधानाध्यापक मनबीर किसानले दुई रोपनी जग्गा भाडामा लिएर रायोसाग, काउली, बन्दा, आलु, फर्सी, जुगेनी, मुला, जागरलगायत तरकारी उत्पादन गरिएको बताउनुभयो । “सरकारले हिमाली विद्यालयका छात्रावासका लागि मासिक रु. चार हजारका दरले उपलब्ध गराउने अनुदान अपुग हुुन थालेपछि आफै तरकारी उत्पादन गरिएको हो,” उहाँले भन्नुुभयो “फुुर्सदको समय र बिदामा शिक्षक र विद्यार्थीहरुले करेसाबारीमा काम गर्छौ ।” कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय जना भन्दा बढी विद्यार्थी छन् । कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई विद्यालय भवन परिसरकै छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ । छात्रावासमा बस्...