दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार
परियार मित्रता समाज कतारको आयोजनामा आगामी शुक्रबार (नोभेम्बर १५) तारिकका दिन कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।
“रक्तदान जिवनदान“ भन्ने मुल नाराका साथ परियार मित्रता समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा रक्तदान कार्यक्रम हुने भएको हो ।
उक्त ,मानविय तथा परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,सामाजिक संघ संस्था, ब्यवसायी,समाजसेवी लगायत कतारमा रहेका नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई रक्तदान गरिदिन परियार मित्रता समाजका अध्यक्ष सुमन परियार नेपालले अनुरोध समेत गर्नु भएको छ । कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म रक्तदान हुने रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिनुभयो ।
