सम्पर्क

समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने

ब्रेकिङ न्युज २, समाचार
अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोली यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताउनुभयो । अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने रिजालले जानकारी दिनुभयो । रासस...

नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदाः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा, जातिय समुदाय तथा संस्कृतिको विविधता रहेको बताउनुभएको छ । नेपाली संस्कृति संरक्षण तथा प्रवद्र्धन हेतु ललितपुर रत्न तथा आभुषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा विश्व पर्यटन दिवसको अवसर पारेर आयोजित तीन दिने कार्यक्रम ‘पाटन हेरीटेज जेम एण्ड ज्युलरी एक्सपो’ को उद्घाटन कार्यक्रममा उहाँले सास्कृतिक विविधता झल्काउने नेपालको परम्परागत भेषभुषा तथा पहिरनको आफ्नो छुट्टै ऐतिहासिक महत्व रहिआएको बताउनुभयो ।‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ हुनगइरहेको यो कार्यक्रम ऐतिहासिक सम्पदा पाटन दरबार क्षेत्रभित्र आयोजना हुनु आफैमा गर्वको विषय भएको भन्त्री भण्डारीको भनाइ थियो । “ढाका टोपीदेखि गुन्युचोलो, हाकुपटासीदेखि बख्खु जस्ता अन्य पहिरन र तिनलाई मिल्ने गरगहनाको विषेश म...

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना

कृषि, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक, ११ असोजः कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र कोइकाका देशीय निर्देशक मुहेन कोङले सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । साथै देशीय निर्देशक मुहेनले पालिका अध्यक्षलाई कृषि उपज ढुवानी गर्ने साधनको साँचो हस्तान्तरण गर्नुभयो । गाउँपालिकाका किसानलाई आयआर्जनसँग जोड्ने नीतिलाई सार्थक पार्न कोइका नेपालले गरेको सहयोगप्रति गाउँपालिका अध्यक्ष लामाले आभार व्यक्त गर्नुभयो । गाउँपालिकाको कृषि नीतिअन्तर्गत किसानसँग जोडिने, उपलब्ध जग्गाको उच्चतम प्रयोग गरी जैविक सागसब्जी र खाद्यान्न उत्पादन गरी किसानलाई आयआर्जनसँग जोड्न केन्द्र सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । देशीय निर्देशक मुहेनले केन्द्र सञ्चालनसँग...

माआबादी पराजुलीको नेतृत्वमा मोर्चाको गठन

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा माओबादीका जिल्ला संयोजक गोबन्दि पराजुलीको संयोजकत्वमा सिन्धुपाल्चोकमा समाजवादी मोर्चा नेपाल सिन्धुपाल्चोक गठन भएको छ । नेकपा माअ‍ेबादी केन्द्रका केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले एक समारोहका बिच मोर्चाको घोषणा गर्नु भएको हो । नेपाल पत्रकार महासघको सभाहलमा मोर्चाको घोषणा गर्दे सापकोटाले सरकार बाहीर रहेका हरको मात्र होइन बिचारमा सहमत हुने र देसको बिकास चाहानेहरु जो कोही ठुला या साना दलहरु सबै एकै ठाँउमा बसेर लोकतान्त्रीक गणतन्त्रको संरक्षणमा लाग्न पर्ने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लाको पत्रकार महासघको सभाहलमा माओवादी केन्द्रका जिल्ला सयोजक गोविन्द पराजुलिको अध्यक्षता माओवादी केन्द्रका केन्द्रिय सदस्य चौतारा सागाचोकगढिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आथित्यता नेकपा एकीकृत समाजवादी पोलिटब्युरो सदस्य भगवती नेपाल लगायत मोर्च...

शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

ब्रेकिङ न्युज २, समाचार
आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र काठमाडौँ उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकार भएकाहरूको उपस्थिति रहेको थियो । बैठकमा चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ । बैठकले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरिएको व...

त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध

ब्रेकिङ न्युज २, समाचार
त्रिभुवन विश्वविद्यालय ९त्रिविवि०ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ९एआई०को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिविवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार भएको बैठककाले सो निर्णय गरेको हो । त्रिविविका शिक्षाध्यक्ष केसी प्रविधिको भर पर्दा विद्यार्थीमा पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यका साथ विद्यार्थीलाई सूचित गरिएको बताउनुहुन्छ । एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा पढ्ने संस्कृतिलाई निरुत्साहित गरेको त्रिविको बुझाइ छ । “विद्यार्थीमा पढ्ने संस्कृति कमजोर भयो, परीक्षामा पढ्ने नभई चोर्ने प्रवृत्ति बढेको, पठनपाठन गर्ने विषयलाई प्रोत्साहित तथा प्रविधिको दुरुपयोगलाई दु...

‘छाता ओढाइदेउन’ मा रमेश र रस्नाको अन्स्क्रिन प्रेम

जिबनशैली, मनोरन्जन, विचित्र संसार, समाचार
काठमाडौं – नायक रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण  डान्सिङ शैलीको   'छाता ओढाइदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका रस्ना पौडेल र लोकप्रिय गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल स्वर सुन्न सकिन्छ। गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ।श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।  मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।...

वादोकाई कराँतेको अध्यक्षमा आइतमान तामाङ

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लको मेलम्च्ी नगर पालिकाका प्रमुख समेत रहनु भएका आइतमान तामाङ नेपाल वादोकाई कराँते संघको चौथो अधिवेशन बाट राष्ट्रीय अध्यक्षमा निर्बाचित हुनु भएको छ । सोम बार काठमाडौमा सम्पन्न भएको साधारणसभा बाट तामाङको अध्यक्षमा २३ सदस्य कार्य समिति निर्विरोध निर्वाचित हुनु भएको हो । सघको उपाध्यक्षमा काभ्रेका देबवहादुर लामा,बाँकेका कमल बस्नेत,मकवानपुरका शशिकुमार तितुङ, काभ्रेको जेबि अधिकारी( दिपक), बाराको गोवर्धन खड्का( सुमन) सुस्मिता तामाङ,सुदुरपश्चिमका चुडामणी भट्ट ।रहनु भएको छ भने ,महासचिवमा दोलखाका नारायणबहादुर मगर,कोषाध्यक्षमा काठमाडौका सुजेन्द्र केसी,सचीवमा महेश महर्जन, रोदाना घिमिरे, र सदस्यहरुमा देवकुमार कोइराला,मोहन तामाङ,अमिर लामा,सोमबहादुर तामाङ,रामकृष्ण अधिकारी,नारायण सापकोटा,भक्तबहादुर तामाङ,रुपा महर्जन, लगायत २३ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको अध्यक्ष तामाङले जानका...

त्रिपुरासुन्दरीमा पहिलोपटक बजार अनुगमन

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे / पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकामा बजार अनुगमन टोलिद्वारा गाउँपालिकाको विभिन्न वडामा सोमबारदेखि अनुगमन सुरु गरिएको छ । वडा नं. ४ पिस्कर, वडा नं. ३ धुस्कुन तथा वडा नं. २ चोकटीमा भएका किराना पसल तथा होटलको अनुगमन गरि आवश्यक सल्लाह सुझाव दिएको हो । म्याद नाघेका र अखाद्य सामग्री बढि बिक्री वितरण भएको र स्थानीयको स्वास्थमा प्रतिकुल असर परेको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई सुरु गरिएको पालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनुभयो । अनुगमनका क्रममा बिनादर्ता संचालन भएका पसलहरुलाई सात दिनभित्र दर्ता प्रक्रिया पुरा गरी प्यान नम्बर लिन आग्रह गरिएको छ । त्यसैगरी अधिकाशं पसल तथा होटलहरुले सरसफाईको अवस्था सुधार गर्नुपर्ने, प्यान नम्बर र साइनवोर्ड लगायतका कागजपत्रहरु देखिने गरी पसलमा राख्नुपर्ने लगायतका सुझावहरु दिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएको अखाद्यय वस्तु ,विभिन्...

चौतारा अस्पतालमा डाइलाइसिस (रगत शुद्धीकरण) सेवा सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालमा डाइलासिस (रगत शुद्धीकरण) सेवा सुरु भएको छ । सिन्धुपाल्चोक जिल्ला २ नं. क्षेत्रका संघीय सांसद पूर्व स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतले एक समारोहका बिच डाइलासिस सेवाको उद्घाटन गर्नु भएपछी अस्पतालले सो सेवा सुरु गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ गैरिगाउँका ५१ बर्षीय शर्मीला तामाङबाट सो सेवा सूरुवात गरिएको छ । डाइलासिस सेवाका लागि डा. सरोज श्रेष्ठको नेतृत्वमा तिन जना नर्स समेत परिचालित हुने भएका छन् । अस्पतालमा ५ वटा मेशीन रहेको छ भने दैनिक १० जना बिरामीले सेवा लिने अस्पताल मेडीकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले जानकारी दिनुभयो । सेवाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले अस्पताललाई आबश्यक पर्ने सामाग्रीहरु आफुले उपलब्ध गराउँने तर दक्ष जनशक्तिको पनि व्यवस्था गर्न पर्ने भएकाले त्यस ...