सम्पर्क

समाचार

धनकुटा सेवा समाज कतारको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

धनकुटा सेवा समाज कतारको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक/दोहा, कतार “धनकुटा सेवा समाजको चाहना, शुद्ध सामाजिक भावना” भन्ने मुल नाराका साथ धनकुटा सेवा समाज कतारले आन्तरिक भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । समाजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बिविध साँस्कृतिक कार्यक्रमको साथमा धनकुटेली भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको हो । समाजका अध्यक्ष तिल बिक्रम मगरको सभापतित्व तथा समाजका प्रमुख सल्लाहकार डिल्ली कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कतारमा रहेका धनकुटेली तथा गैर धनकुटेलीहरुको उपस्थिति सहित मन्तव्य समेत रहेको थियो । शुभकामना वक्ताहरुले धनकुटा सेवा समाज कतारले स्थापना काल देखी नै गृह जिल्लाको बिकाससँगैं कतारमा विभिन्न उत्कृष्ट सामाजिक कार्यहरु गर्दै आईरहेको र आगामी दिनमा समेत थप राम्रा काम गर्न सल्लाह सुझाव दिदै सामाजिक कार्यमा अग्रसरको निमित्त शुभकामना समेत व्यक्त गर्नुभएको थियो...

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसि.पा.को बाह्रबिसेमा अन्तरक्रिया

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिकामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न नगरका महीला स्वयम सेवीकाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार नगर उप प्रमुख मन्जु तामागंका प्रमुख अतथ्यतामा होटल चण्डेश्वरीको सभाहलमाकार्यक्रम भएको हो । कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सिन्धुपाल्चोकका प्रमुख श्रीराम पराजुलीले कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा पराजुलीले संघ र प्रदेशमा आयुर्वेद सेवा तथा आयुर्वेद शिक्षाका बारेमा जानकारी दिनुभयो । उँहालेगत बर्सहरू भन्दा यस वर्ष सेवा प्रभावकारी भएको बताउनु भयो । बहिरङ्ग सेवा, निःशुल्क औषधी वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्व कर्म÷पञ्चकर्म सेवा, निःशुल्क योग परामर्श सेवा, ज्येष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, प्रयोगशाला सेवा, फि...

पौष १७ गते गुफाडाँडामा सम्मेलन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकामा पर्ने नेपालकै चर्चीत पर्यटकीय स्थलको रुपमा परिचित हुने तैयारीमा रहेको गुफाडाडामा आगामी पौष १७ गते जलवायु दिवस मनाइने भएको छ । मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको नगर पालिकाले जनाएको छ । मेलम्चीनगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका वैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस आयोजना गर्ने निर्णय गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । उाहाका अनुसार दिवसको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी दिबसमा मा.बहादुर सिंह लामा (तामाङ) प्रमुख अतिथि मुख्य मन्त्री, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश र...

समाज विकास माविले मनायो ३६औं वार्षिकोत्सव

ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ बतासे खाले स्थित रहेको श्री समाज विकास माध्यमिक विद्यालयको ३६औं बार्षिकोत्सव अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी समारोह कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापाले समाज बिकास माध्यमिक विद्यालयको गुणस्तरीय शिक्षाका निम्ति नगरपालिका सँधै सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि शिक्षक अभिभावक प्रशासन र विद्यार्थीको समन्वयले मात्रै प्रभावकारी शिक्षा प्रदान गर्न सकिने उहाँको भनाई थियो । तामाङ समुदायबिचमा रहेको उक्त विद्यालयले उदाहरणीय कार्य गर्न आग्रह गर्दै अहिले देश नै विद्यार्थी विहिन स्थितिमा पुग्न लागेको बताउदै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नगरभित्रको सम्पूर्ण विद्यालयमा शैक्षिक गुणस्तर विकासका निम्ति नगरपा...

कार्यालय समयमा चिकित्सक नभए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई भनेका छन् । उहाँले यसअघि नै व्यवस्था गर्न भनिएको विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत अधिकारीहरुलाई भनेका थिए । यसलगत्तै मन्त्रालयले मातहतका सबै अस्पतालहरुमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको छ । मन्त्रालयअन्र्तगतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु कार्यालय समयमा कार्यकक्षमा रहि सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ । कार्यालय समयमा बाहिर ...

गुल्मीका मृगौला पीडित रायमाझीलाई सद्भाव युवा समुह कतारद्धारा आर्थिक सहयोग

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय समाचार दैनिक, दोह, कतार “आपसी सहयोग,सामाजिक सदभांव र बन्धुत्वको लागि“ भन्ने मुल नाराका साथ सामाजिक कार्यमा सक्रिय रहेको सदंभाव युवा समुह कतारले गुल्मीका मृगौला पिडितलाई आर्थिक रकम सहयोग गरेको छ । सदंभाव समाजले गुल्मी जिल्ला ईस्मा गाउपालिका,हस्तिचौर गाविस वडां न ७ निवासी मृगौला पिडित सागर रायमाझीलाई ( १७,७००) नेरु सत्रहजार सात सय रुपैया आर्थिक रकम सहयोग गरेको हो । घरको आर्थिक अवस्था कमजोर भएकै कारण बाबा सिरा बहादुर रायमाझी र आमा बिष्णु रायमाझीका एक्लो सुपुत्र सागर वैदेशिक रोजगारीको शिलशिलामा डेढ बर्ष अघि उहाँ कुवेत पुग्नुभएको थियो । कुवेतको एक कम्पनीमा कार्यरत सागर डिउटीबाट फर्कने क्रममा उनी एक्कासी बिरामी परेपछि कुवेतको सरकारी हस्पिटलमा भर्ना हुन पुग्नुभयोे । हस्पिटलमा भर्ना भएको केही दिनमा उनको मृगौलामा समस्या देखा परेपछी दुबै मृगौला फेल भएको हस्पिटलले रिपोर्ट दिएपछ...

नेता बस्नेतद्धारा एकै दिन बाटो शिल्यान्यास र भवन उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले बुधबार एक समारोहका बिच बाटो शिल्यान्यास तथा स्वास्थ्य भवनको उद्घाटन गर्नुभएको छ ।बुधबार बिहान सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ३ मा पर्ने खाग्दल दोभान घर्तीटोल हुदै क्षेमादेवीसम्मको सडक खण्डको कालोपत्रे शिलान्यास गर्नुभयो । यसैगरी दिउँसो वडा नं. ९ राम्चे स्वास्थ्य चौकिको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । पूर्वमन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेतको बिशेष अतिथ्यतामा बाटोको शिल्यान्यास तथा भवन उद्घाटन भएको हो । बाटो शिल्यान्यास कार्यक्रममा उप प्रमुख मन्जु तामाङ, वडाअध्यक्ष जिवन कुमार भण्डारी लगाएतका वडाअध्यक्षहरु, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकको अध्यक्ष बुद्धराज बस्नेत समाजसेवी बिष्णु खत्री लगाएतका ब्यक्तित्वहरुको उपस्थिती रह...

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को दिप प्रज्वलन चौतारामा

ब्रेकिङ न्युज २, समाचार
अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा दीप प्रज्ज्वलन गरिएको छ । सुरक्षीत आप्रवासन कार्यक्रमले (सामी) ले आप्रवासी श्रमिक दिवस २०२४ को अवसरमा बुधबार चौतारामा ‘सुरक्षित अप्रवासनको आधार सूचना र सीप सहितको रोजगार’ भन्ने मूल नाराका साथ आयोजित दिप प्रज्जवलन कार्यक्रम गरि मनाइएको हो । प्रमुख जिल्ला अ \  धिकारी किरण थापा, चौतारा साँगाचोकगढी नगरालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापा, जिल्ला प्रहरी कार्यलयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा जिल्ला प्रशासन कार्यलयको गेटमा दिप प्रज्वलन गरिएको थियो । नेपाल जस्ता विकासोन्मुख देशका लागि वैदेशिक रोजगारीका लागि पलायन ज्वलन्त समस्या हो । एकातिर देशका लागि रेमिट्यान्स भित्रिने क्रम जारी छ भने अर्कोतिर प्रवासी श्रमिक र तिनका परिवारले सामाजिक खर्च र ...

ईन्द्रावतीका ३३ विद्यालयले बार्षिक एक करोड पैसठ्ठी लाख अनुदान पाउने

समाचार
ईन्द्रावती गाउँपालिकाका ३३ विद्यालयले बार्षिक एक करोड पैसठ्ठी लाख अनुदान पाउने भएको छ । युएसएआइडीले ईन्द्रावतीका ३३ विद्यालयलाई बार्षिक ५ लाखको दरले अनुदान दिने भएको हो । गाउँपालिकामा बुधवार एक कार्यक्रमको आयोजना गरि युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ अन्तर्गत विद्यालय अनुदान सम्झौता र कार्यान्वयन सम्बन्धी अभिमुखिकरण गरिएको थियो । उक्त कार्यक्रम ५ बर्ष चल्ने भएतापनि हाल १ बर्षको लागि सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौता बमोजिम कार्यक्रम भएको नभएको शिक्षा शाखाले अनुगमन गर्नेछ । शिक्षक मात्रै नभई विव्यस अध्यक्ष पनि यो कार्यक्रम कार्यान्वयन गर्न लाग्नुपर्ने जरूरी रहेको युएसएआइडीका प्रतिनिधिहरूले जानकारी दिनुभयो । सो रकमबाट भौतिक पुर्वाधार निर्माण गर्न पाईने छैन । सिमेन्ट र इट्टाको प्रयोगबाट पुर्वाधार बनाउन नपाईने बताइएक...

पूर्व स्वास्थ मन्त्री बस्नेतको निर्देशनमा बर्दानेश्वरबाट संचालित एम्बुलेन्सले निःशुल्क बिरामी ओसार्दै

समाचार
 सुनकोशी गाँउपालिका वडा नं. ५ बर्थान स्थित रहेको बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्थाले सुनकोशी गाउँपालिका भित्रका आर्थिक अबस्था न्यून भएका बिरामिहरूलाई अस्पतालसम्म पुर्ययाउने र ल्याउने गरिरहेको छ । पूर्व स्वास्थ्य मन्त्री माननिय मोहन बहादुर बस्नेतको ‘पहिला जनता बचाउ अनि राजनिति गरौंला’ भन्ने मुल नारालाई आत्मसात गर्दै बस्नेतकै निर्देशनमा सुनकोशी गाउपालिका वडा नं. ५ बर्थान स्थित रहेको बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्थाद्वारा संचालित एम्बुलेन्सबाट बिरामिलाई निःशुल्क सेवा दिदै आएको संस्थाका अध्यक्ष कुमार बस्नेतले बताउनुभयो । सुनकोशीकै धार्मिक तथा पर्यटकिय आस्था बोकेको एतिहासिक बर्दानेश्वर महादेव मन्दिर २०७२ सालको भुकम्पमा भत्किएको थियो । २०७४ को चुनावपछि तत्कालीन सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जिसी (बिनोद) को पहलमा ५ लाख बजेट बिनियोजित भई पुण निर्माण गरि २०७७ पुस १८ गते...