ग्यास उद्योगीको आन्दोलन स्थगन
काठमाण्डौँ
नेपाल एलपी ग्यास उद्योग सङ्ले विभिन्न माग राखेर बिहाबारदेखि आब्हान गरेको आन्दोलन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलन स्थगित गरिएको हो । उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलले तत्कालका लागि आन्दोलन स्थगित गरेको जनाइएको छ । सङ्घले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले छलफलका लागि निगम र सङ्घका पदाधिकारीलाई बोलाउनुभएको थियो । छलफलमा उहाँले सङ्घले राखेकामध्येका जायज माग सम्बोधन गर्ने आश्वासन दिनुभयो । सङ्घले लागतअनुसारको बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो । सङ्घले छ वर्ष पहिलाको समायोजन गरिएकै मूल्यमा अहिले पनि ग्यास वितरण गर्दा घाटा व्यहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राखेको बताइएको छ ।
मन्त्रालयले केही समय ...
