मोना कतारको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा आन्तरिक वनभोज कार्यक्रम सम्पन्न
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा आन्तरिक वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कतारको समालमा अवस्थित पार्कमा साङ्गीतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रम सङ्घका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता तथा मोना आइइसीका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रम मार्फत कतार भ्रमणमा रहनु भएको मोना कतारका संरक्षक रमेश पौडेलका ममतामयी आमा टिका पौडेल र छोरा सुप्रिम पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइली, मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्की लगायत अन्य वक्ताहरूले शुभकामना शुभकामना मन्तव्य राख्दै म्याग्देलीहरुलाई समेटेर मोनाले आन्तरिक वनभोज मार्फत म्याग्देलिलाई जोड्ने काम गरेको बताउनु भयो । कार्य...
