सम्पर्क

इर्खु माध्यमिक प्रवेश मार्गको ढलान पूरा

इर्खु माध्यमिक विद्यालयको मुख्य प्रवेश गेट अगाडिको मुख्य मार्गमा निर्माण र ढलान गरिएको छ । जसले वर्षा अवधिमा विद्यार्थी र अभिभावकले भोग्नुपर्ने समस्यामा समाधान ल्याएको वडा अध्यक्ष तथा विद्यालयका पूर्व प्रधानाध्यापक अमृत दङ्गालले जानकारी दिनुभएको छ ।
नेपाल हिल्फे वाइलग्रिस जर्मन र जनहित ग्रामीण सेवा समितीको संयुक्त पहलमा रु १७ लाखभन्दा बढीको लगानीमा यो मार्ग तयार गरिएको हो । त्यस्तै, विद्यालयको प्राङ्गणमा ढुंगा बिछ्याउने कामसमेत सम्पन्न भएको छ । यसले हिलो, चिप्लो र अस्थिर बाटोबाट गर्दा परेका जोखिमहरूलाई न्यून पार्न मद्दत पुगेको छ ।
“वर्षा समयमा विद्यालय आउजाउ गर्न समस्या पर्ने, प्राङ्गणमा पनि हिलो जम्ने समस्या थियो,” वडा अध्यक्ष अमृत दङ्गालले बताउनुभयो । “नेपाल हिल्फे वाइलग्रिस जर्मनले यो सहयोग गरेका छन्, जसमा सबै पक्षलाई विशेष धन्यवाद दिन चाहन्छु ।”
यस सुधारले करिब ५०० जना विद्यार्थी, अभिभावक, शिक्षक, स्थानीय भक्तजन र यात्रुहरूलाई प्रत्यक्ष लाभ पुगेको वडा अध्यक्ष दङ्गालले उल्लेख गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रकाश दङ्गालले भने– “बरु जोखिम मोल्नुपर्ने अवस्था थियो, अब भने सजिलो र सुरक्षित बाटो उपलब्ध भएको छ ।

oplus_32

जेठ २५ गते आइतबार प्रवेश मार्ग ढलानका कारण विद्यालय बन्द गरिएको थियो । त्यस दिन सार्वजनिक विदाको सट्टा अर्को कार्यदिवसमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बिद्यालयका प्रअ प्रकाश दङ्गालले जानकारी दिनुभयो ।