सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ घोर्थलीमा मौरीपालनको अथाह सम्भावना रहेको क्षेत्रलाई लक्षित गर्दै कृषि विकास शाखाको आयोजनामा मौरी पकेट विकास कार्यक्रम अन्तर्गत मौरी घार वितरण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहरा, उपाध्यक्ष गीता कुमारी नेपाल, वडा अध्यक्ष सिताराम थापा तथा कृषि शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । गाउँपालिकाको ५०% अनुदानमा प्रदान गरिएका मौरी घारहरू स्थानीय कृषकहरूलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बोहराले मौरीपालनले कृषकहरूको आयस्तर वृद्धि गर्नुका साथै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष नेपालले महिलाहरूलाई मौरीपालनमा संलग्न गराई आर्थिक सशक्तिकरणमा टेवा पु¥याउने बताउनुभयो ।
स्थानीय कृषकहरू मौरीपालनमा संलग्न भई आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।


