सम्पर्क

समाचार

पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले राससलाई बताउनुभयो । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उहाँले भन्नुभयो, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।” ‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रुपमा सुचीकृत भएको छ । आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ । विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रुपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ । तेस्रो प्रदूषित सहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ । रासस...

सुनकोशी गाउँपालिकाले ११५औं अन्तराष्ट्रिय नारी दिवस भव्य रूपमा मनायो

समाचार
कुमार बस्नेत (अधिराज) सुनकोशी गाँउपालिकाको आयोजनामा महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ महिला सशक्तिकरण र लैंगिक समानताको प्रतिवद्धता व्यक्त गर्दै ११५औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रमको प्रमुख आतिथ्यता सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले गर्नु भएको थियो भने सभापतित्व उपाध्यक्ष कान्छि लामाले गर्नु भएको थियोे । कार्यक्रममा ७ वटै वडा अध्यक्षहरू ७ वटै महिला संजालका समुहहरू स्वस्थ सोयमसेविकाहरू सहकारी संस्थाहरूको र स्थानिय महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा जनचेतनामूलक नाटक प्रस्तुत गरियको थियो भने सुनकोशी भित्रका महिला समुहहरूको गायन प्रतियोगिता समेत गरिएको थियो । उक्त एक दिवसीय गाएन प्रतियोगितामा १४ टिम समुहको प्रतिस्पर्धा रहेको थियो।सुनकोशीको मौलिक भेषभुसा झल्किने मौलिक लोक भाका , भ...

ईन्द्रावतीले महिला उद्यमीहरुलाई सम्मान गर्दै मनायो अन्तराष्ट्रिय नारी दिवस

ब्रेकिङ न्युज २, समाचार
   इन्द्रावती गाउँपालिकाले महिला उद्यमीहरुलाई सम्मान गर्दै फरक ढङ्गकबाट ११५औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । गाउँपालिकाद्वारा आयोजना गरिएको महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा सचेतनामुलक सांस्कृतिक कार्यक्रम गी ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हो । दिबसको अवसरमा इन्द्रावती गाउँपालिकाले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा सचेतनामुलक सांस्कृतिक कार्यक्रम गरेको छ । गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा पालिका भित्रका १२ वटै वडाबाट महिला उद्यमीहरुले उत्पादन गरेका तरकारी, खाद्यान्न, कपडा, जडिबुटि लगायत स्टल राखिएको थियो । उनिहरुलाई पालिकाले नगद सहित सम्मान समेत गरिएको थियो ।त्यस्तै उत्कृष्ट स्टलको रुपमा वडा नम्बर १ लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्क नेपालले महिलाहरुको आयआर्जन वृद्धि गर्न हरेक वडामा ताल...

महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छः सभापति देउवा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
पाटन (ललितपुर), २४ फागुनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताउनुभएको छ । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपाली महिलाहरूको आह्वानः समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाहरूको उत्थान र अधिकार मात्रै हैन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गर्नुभयो । “हरेक पालिकामा मात्रै हैन राज्यको हरेक निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने व्यवस्था गरिएको छ । यहाँ महिलाहरूले देशकै नेतृत्व गरेको अवस्था छ, अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन,” सभापति देउवाले भन्नुभयो,“अब थप अधिकार, समानता र सशक्तीकरणका पक्षमा सबै...

गैर आवासिय नेपाली संघ एनसिसी कतारको आयोजनामा “बृहत् ईफ्तार” कार्यक्रम सम्पन्न

समाचार
 दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसिसी कतार र कतारमा स्थापित पाँच दर्जन विभिन्न सामाजिक संघ संस्थाको संयुक्त आयोजनामा ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा “बृहत् ईफतार कार्यक्रम“ सम्पन्न भएको छ । शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदुत रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मौलाना धर्म गुरु गुमाम रज्बीले तिलावत कुरान पढेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका काःवा अध्यक्ष तथा मौलाना नाजिरले रमादान,“रोजा,उपबास“बारेमा प्रष्ट पार्नु भएको थियो । पबित्र महिना रमदानको पावन अवसरमा आयोजित कार्यक्रममा बिभिन्न विशिष्ट ब्यक्तित्वहरुले शुभ...
उत्थानशिल समुदायका लागि पहिरो पुर्वसूचना प्रणालीको सुदृढीकरण र स्थानीयकरण सम्बन्धि सञ्चारकर्मीहरुसँग अभिमुखीकरण

उत्थानशिल समुदायका लागि पहिरो पुर्वसूचना प्रणालीको सुदृढीकरण र स्थानीयकरण सम्बन्धि सञ्चारकर्मीहरुसँग अभिमुखीकरण

ब्रेकिङ न्युज २, समाचार
उत्थानशिल समुदायका लागि पहिरो पुर्वसूचना प्रणालीको सुदृढीकरण र स्थानीयकरण सम्बन्धि सिन्धुपाल्चोकका पत्रकार तथा मिडिया प्रतिनिधीहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  शुक्रबार स्ट्रेलियन एड र प्राक्टिकल एक्सनको सहयोगमा सामुदायिक वातावरण संरक्षण मञ्च नेपालको आयोजनामा सदरमुकाम चौतारामा जिल्लामा सक्रिय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले चौतारामा गरेको कार्यक्रममा सूचनाले काम गर्न सजिलो हुने बताउँदै सबैले सुशासनकै लागी काम गर्ने भएकोले आग्रह पुर्वाग्रह नभई सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले विपद्मा सही सूचना प्रवाह हुन नसकेमा गम्भीर क्षति भोग्न पर्ने अवस्था आउन सक्ने भएकोले समन्वय र सहकार्यलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनुभको छ । जलवायु विज्ञ धरमराज उप्रेतीले संस्थाले गरिरहेको कामहरूको बारेमा भ...

बाके सेवा समाज कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४५ जना नेपालीले गरे रक्तदान

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बाके सेवा समाज कतारको आयोजना तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा र हमद अस्पताल संगको सहकार्यमा शुक्रबार “बृहत् रक्तदान“ कार्यक्रम सम्पन्न भएको हो । “रक्तदान जिवनदान“ भन्ने मुल नारालाई आत्मसाथ गर्दै समाजका अध्यक्ष गोबिन्द जङ्ग शाहले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो । समाजले पहिलो पटक आयोजना गरेको मानविय तथा परोपकारी कार्यमा १०२ जनाको उपस्थिति रहेको थियो । जसमध्ये ४५ जनाले रक्तदान गर्न सफल भएको समाजका महासचिब गुमान सिहं खत्रीले जानकारी दिनु भयो । कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा उपस्थित भएर रक्तदान रक्तदाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सफल बनाईदिनुहुने सम्पुर्णलाई समाजका अध्यक्ष गो...

हाजिरिजवाफ प्रतियोगितामा तेर्से माध्यमिक विद्यालय पहिलो

ब्रेकिङ न्युज १, समाचार
११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेलम्ची नगरपालिकाद्वारा आयोजित हाजिरिजवाफ प्रतियोगितामा ३१ अंक सहित तेर्से माध्यमिक विद्यालय मेलम्ची –६ पहिलो भएको छ । त्यस्तै २५अंक सहित सिन्धुपुराना गाउँ माध्यमिक विद्यालय मेलम्ची –५ दोस्रो २२ अंक सहित नगरपालिका कर्मचारी टिम तेस्रो भएको नगरपालिकाका महिला बालबालिका तथा समाबेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । त्यस्तै सोहि दिवसको अवसरमा बिहान महिला जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारी टिम ३–२ ले विजयी भएको छ । हाजिरिजबाफमा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १२ हजार र तेस्रो हुनेलाई ६ हजार र प्रमाणपत्र भोलि प्रदान गरिने नगरपालिकाले जनाएको छ ।...

बाके सेवा समाज कतारको आयोजनामा शुक्रबार बृहत् रक्तदान कार्यक्रम हुने

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
दर्शन सुनार/लोकप्रिय दैनिक,कतार बाके सेवा समाज कतारको आयोजनामा शुक्रबार (मार्च ७) तारिकका दिन कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वय तथा हमद अस्पताल संगको सहकार्यमा “रक्तदान जिवनदान“ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम हुने भएको हो । समाजले पहिलो पटक आयोजना गर्न लागेको उक्त ,मानविय तथा परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,सामाजिक संघ संस्था, ब्यवसायी,समाजसेवी लगायत कतारमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई रक्तदान गरिदिन समाजका अध्यक्ष गोबिन्द जङ्ग शाहले अनुरोध समेत गर्नु भएको छ । शुक्रबार कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म रक्तदान हुने कार्यक्रम संयोजक श्याम डिसीले जानकारी दिनुभएको छ ।...

‘शैक्षिक मेला’ मा कालिदेवीको अब्बल प्रस्तुती

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं ७ श्यामसाधु स्थित श्री कालीदेवी आधारभूत विद्यालयको आयोजनामा शैक्षिक मेला भएको छ । बाह्रबिसे नगरपालिकाको सामुदायिक विद्यालयहरुका आधारभूत शिक्षाको गुणस्तर सुधारका लागी सन्चालित एकिकृत विध्यालय शिक्षा परियोजना कार्यक्रम अन्तर्गत बालमैत्री विद्यालय वातावरणमा बालकेन्द्रित शिक्षण सिकाइ बहुकक्षा बहुस्तर शिक्षण विधि सन्चालन गर्दै आइरहेको कालिदेवी आधारभुत विद्यालय, श्यामसाधु, बाह्रबिसे–७ सिन्धुपाल्चोकका बालबालिकाहरुले शिक्षण सिकाइको क्रममा सिकेका महत्वपुर्ण सिकाइ क्रियाकलापहरुलाई विद्यालय सरोकारवालाहरु माझ ‘शैक्षिक मेला’ मार्फत प्रस्तुत गरेका छन् । कक्षा १ देखि क कक्षा ५ सम्मका विध्यार्थीबाट २३ वटा स्टलहरु राखिएको सो शैक्षिक मेला सोही विद्यालयको वि.व्य.स अध्यक्ष मोहन बहादुर श्रेष्ठको सभाध्यक्षतामा, बाह्रबिसे नगरपालिका, नगर प्रमुख बालकृष्ण बस्नेत ज्यूक...