सम्पर्क

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायी संघबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

कुमार बस्नेत (अधिराज )
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रम अन्तर्गत यहि २०८२ साल असार ७ गते शनिबार बिहान ८ः०० बजे बसन्तपुर खेल मैदान, लामोसाँघुमा एक मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
जिल्लाको पर्यटन व्यवसाय प्रवद्र्धन गर्दै व्यवसाय विस्तारमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगिता सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र सुकुटे पर्यटन व्यवसायी संघ बीच हुनेछ ।

उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले खेलप्रेमी सबै महानुभावहरुलाई सो अवसरमा उपस्थित भई प्रतियोगितालाई उत्साहप्रद बनाउन हार्दिक अनुरोध गर्नुभएको छ ।
उक्त प्रतियोगिताले जिल्लाभित्र आपसी सद्भाव बढाउनुका साथै पर्यटन र व्यवसाय क्षेत्रका प्रतिनिधिहरूबीच सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।