त्रिदेव र सदिक्षा, देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट सम्मानित
जनहितमा उल्लेख्य र अनुकरणीय कार्य गरी नेपाल र नेपालीको पहिचानको अभिवृद्धिमा तल्लिन व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले स्थापित रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा आयोजित पुरस्कार सम्मान समर्पण कार्यक्रममा त्रिदेव पौडेल र सदिक्षा पण्डितलाई देवी ओली स्मृति बाल पुरस्कारबाट सम्मान गरेको छ । गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लु.एच.आर.) र अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट बिनु सुेवदीलाई सम्मान गरेको छ । प्रत्येक पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान पत्र रहेको थियो ।
कार्यक्रममा डब्लु.एच.आर.की संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापाले म...
