सम्पर्क

विचार

मेलम्चीको अधिकृतमा भट्टराइ

ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा अशोक कुमार भट्टराई आउँनु भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले मेलम्ची छाडेपश्चात बिभिन्न योजना सम्झौताका साथै योजनाहरूको भुक्तानी लगायतको काम हुन सकेको थिएन । मिश्र गएपश्चात लेखा अधिकृत मुरारी पुडासैनीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउँनु भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अशोक कुमार भट्टराईलाई मेलम्चीको नयाँ प्रशासकीय प्रमुखको रुपमा पठाएको हो ।नगरपालिकाका प्रमुख आइतमान तामाङले प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराईलाई नगरपालिकामा स्वागत गर्दै अब कार्यालयको काम कारवाहि चुस्त गतिमा अघि बढ्ने बताउँनु भयो । नगर प्रमुख तामाङको अध्यक्षतामा भएको उक्त स्वागत कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. ११ का वडाध्यक्ष चन्द्र बहादुर तामाङ, वडा नं. ७ का वडाध्यक्ष प...

महिला उद्यमशिलतालाई सशक्त बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २० चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमशिलतालाई सशक्त बनाउनुपर्ने जोड दिनुभएको छ ।‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ महिला उद्यमी महासङ्घले ललितपुरमा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले महिलाको मात्र स्वामित्व रहने गरी कुनै औद्योगिक ग्राम तथा क्षेत्रमा उद्योग स्थापना गर्न चाहेमा सरकारले स्थान उपलब्ध गराउने बताउनुभयो ।उहाँले सरकारले चाँडै महिला उद्यमशिलताको प्रवद्र्धन तथा सहजिकरण गर्ने कानुन ल्याउन लागिएको जानकारी गराउनुभयो । आर्थिक क्रियाकलाप तथा बाहिरी गतिविधिमा महिलाको संलग्नता नरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले आर्थिक गतिविधिमा महिलाको संलग्नताविना देश विकासको सम्भावना नरहेको बताउनुभयो । उहाँले व्यापार र लगानीका गतिविधिमा महिलालाई ...

मेरो जीवन श्रृखला

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार
कुल प्रसाद दाहाल मेरो जन्म वि.सं.२०२१ साल श्रावण २२ गते विहिबारका दिन सिन्धुपाल्चोक जिल्ला साविक ठूलोसिरुवारी गा.वि.स.वडा नं.४ हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ डौठें, बाँसस्वारामा माता मनमायाँ दाहालको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्म भएको हो । मेरो पिताको नाम लक्ष्मीकान्त दाहाल भएको र मेरो जन्म हुदा वाजे,बज्यै माता र पिता गरी जम्मा ४ जनाको मात्र परिवार थियो । आज मेरो परिवारको संख्या ४ बाट वढेर ३१ पुगेको छ । मैले बाल्यकालमा घरायसी क ख रा पिता माता र मेरो गुरु शिवबहादुर के.सी.को सक्रियतमा हालको श्री सेतीदेवी मा.वी.बाट सुरु गरेको थिए । त्यसरी पढ्न जाने अवस्थाको एक बालकले वर्षे विदामा चौताराको सिरमा रहेको पात्लेपानी नर्सरीबाट बिरुवा बोकेर बजार पार गर्दै मेलचौर डाँडाको तल माथी पाखामा लानुपर्ने र सो वापतमा एक पटकमा प्रती पटक रु १। मात्र हाता पर्ने अवस्था थियो । टाउको दुखाउदै र ढाड...

माछापुच्छ्रे परोपकार संस्थाको सहयोग तथा सम्मान कार्यक्रम

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
माछापुच्छ्रे परोपकार संस्था लाहाचोक कास्कीको आयोजना र वैदेशिक रोजगार मञ्च लाहाचोकको समन्वयमा एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ । संस्थाले शनिवार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान र घाइतेलाई सहयोग अर्पण गरेको छ । समारोहमा ज्येष्ठ समाजसेवीतर्फ हर्कबहादुर गुरुङ, प्रेमप्रसाद पौडेल, युवा कृषकतर्फ आनन्द अधिकारी, ओमप्रकाश अधिकारी, रमेश जिसी र खेलतर्फ सुजन नेपालीलाई सम्मान गरिएको थियो । सोही समारोहबीच संस्थाले झिझीर्का निवासी दुर्घटनाकी घाइते बबिता अधिकारीका लागि ४० हजार सहयोग हस्तान्तरण गरिएको थियो । संस्थाले महेन्द्र मावि लाहाचोककी छात्रा कुसुम नेपालीलाई नगद आठ हजारसहित शैक्षिक सामग्री र विद्यालयलाई खेलकुद सामग्री सहयोग समेत गरेको छ । समारोहमा समाजका ज्येष्ठ विपन्न आमा लक्ष्मी नेपाली, जुना परियार, विष्णुमाया कामी...

मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न आन्दोलनरत पक्षसँग सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको अग्रसरतामा धर्नारत दीपक भण्डारी विच तीन सदस्यीय समिति गठन सहित तीन बुँदे सहमति भएको हो ।मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गरेका माग तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७ मा भएका व्यवस्थाहरूको व्यबहारिक कार्यान्वयनको लागि कार्यदल गठन गर्न निर्देशन दिनुभए अनुसार बुधबार साँझ तीन बुँदे सहमति भएको हो ।मन्त्रालयको अपाङ्गता अधिकार प्रवद्र्धन महाशाखाका सह–सचिब रामकृष्ण लामिछानेको संयोजकत्वमा गठित समितिको सदस्यमा राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष रामबहादुर...

बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव, २८ श्रष्टा सम्मानित

ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार
  काठमाडौँ । बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक,व्यवसायिक,कलाकारिता र पत्रकारितामा विशेष योगदान दिएका २८ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै माननिय मन्त्री हित बहादुर तामाङले शुभकामना व्यक्त गर्नुहुँदै विविध क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान प्रदान गर्नाले हौसला मिल्ने र सम्पूर्ण सम्मानित व्यक्तिहरुलाई बधाई दिनु भयो । उहाँले बिरिसु मिडियाले नमुना योग्य कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । विशिष्ट कार्य गरेवापत बिरिसु मिडियाले सम्मान प्रदान गरेको र राज्यले पनि हौसला प्रदान गर्न सम्मान कार्यक्रम गर्न...

सिन्धु स्वास्थ्य परियोजनाको अन्तरक्रीया चौतारामा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्रबहादुर बस्नेत चौतारा, सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितीको सभाहलमा सिन्धु स्वास्थ्य परियोजनाले पत्रकारहरु सँग अभिमुखीकरण तथा अन्तर क्रिया कार्यक्रम गरेको छ । महीला आत्मा निर्भर केन्द्र फेयरमेड फाउण्डेशन को साझेदारीमा सञ्चालन भएको परियोजनाको बारेमा जानकारी दिन र हाल सम्म भएका कार्यक्रमहरुको बारेमा जानकारी दिने मुख्य उद्धेश्यले गरिएको अन्तर क्रिया कार्यक्रम महीला फेयरमेड फाउण्डेशन, आत्मा निर्भर केन्द्रको आयोजना र पत्रकार महासंघको सम्मन्वयमा गरिएको हो । कार्यक्रममा परियोजनाका व्यवस्थापक महीला आत्मा निर्भर केन्द्रका कृष्ण बहादुर गुरुङ्गले जँहा स्वास्थ्यको पहुँच पुगेको छैन त्यँहा परियोजना गएर काम गरेको बताउँदै खाश गरी माझी,दनुवार, पहरी , थामी दलीत तथा अन्य पिछडीएका जनजाती उपेक्षीत, उष्ण,प्रदेशिय रोगहरुबाट प्रभावीत ब्यक्तीहरुलाइ लक्षीत गरेर सञ्चालन गरिएको बताउँनु भयो । यँहाले उपेक्षीत भन्न...

इर्खु माबीद्धारा शिक्षक बिद्यार्थीलाइ सम्मान

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको इर्खू माध्यमिक बिद्यालयले मङ्गलबार एक कार्यक्रमको आयोजना विद्यालयमा लामो समय कार्यरत शिक्षकहरु लाई बिदाइ सम्मान गरेको छ । बिद्यालयले गरेको सम्मान तथा फेरि भेटौला कार्यक्रममा लामो समय देखी बिद्यालयमा कार्यरत गणेश कटुवाल, सबिन दंगाल र सुष्मा लामालाइ सम्मान गरिएको हो । सो अबशरमा छैंठौ नगर स्तरीय राष्ट्रपति कपमा पदक विजेता खेलाडिहरुलाई समेत सम्मान गरिएको प्रधानध्यापक प्रकाश दङ्गालले जानकारी दिनु भयो । सम्मानीत हुनु भएका हरुले विद्यालयका पुर्व प्रधानाध्यापक तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अमृतबहादुर दंगाल, हालका प्रधानाध्यापक प्रकाश दंगाल, विव्यस अध्यक्ष भगवान खड्का तथा विव्यस पदाधिकारी, सहकर्मी मित्रहरु, अभिभावकहरु, पुर्व विद्यार्थी र विद्यार्थी कृतज्ञता व्यक्त गर्नु भएको छ । यसरी कृतज्ञता व्यक्त गर्दै गणेश कटुवालले इर्खुको बसाइ समयले लामो भए ...

उद्योगी को हितका लागी मेलम्ची नगरपालिकाले सयोग गर्छ ः तामाङ्ग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
  फुडोमा शेर्पा मेलम्ची उद्योग व्यवसायीको हितका लागी मेलम्ची नगर पालिकाले बाणिज्य सङ्घलाई सहयोग गर्न जति बेला पनि तैयार रहेको मेलम्चि नगरपालिकाका प्रमुख आईतमान तामाङ्गलेबताउँनुभएको छ। उद्योग बाणिज्य सङघ सिन्धुपाल्चोकको ११ओै अधिबेशन बाट निर्बाचित भए पछि मेलम्चिका वयवसायिहरुलाई धन्यबाददिन मेलम्चि पुग्नु भएका बुद्द राज बस्नेत सँग कुरा गर्दै उहाले यस्तो बताउनु भएको हो । उहाले बारणहिसे नगरपालिकामा प्रधान कार्यलय राखेको उघ्योग बाणिज्य सझ्घले चौतारामा शाखा कार्यलय राखेको तर मेलम्चिमा कार्यलय नभयकोले वयवसायिहरुलाई समस्या पिररहेकाृ बताउँदै मृलम्चिमा पनि शाखा कार्यल खोलि भवनको व्यवस्था गर्न अनुरोध गर्नू भयो।सो अबसरमा नगर प्रामुख तामाङ्गले मेलम्चिमा व्यवसायिहरुको सहयाृगका लागि भवन निर्माण गर्न चाहेमा नगरपालिकाले पनि यश कार्यका लागि सहयोग गर्ने बताउनु भएको छ । मेलम्ची नगरपालिका नगर प्रमुखको क...

फागु पर्व लक्षित तीन हजार सुरक्षाकर्मी तैनाथ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १० चैत : जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ । होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन् । होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सभ्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा आग्रह गरेका छौँ । कानुन विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ ।” यस वर्षको होली पर्वका लागि दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिने ...