सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले व्यापारीहरुका हकहितका लागि व्यवसायीक एकता आवश्यक रहेको बताउनु भएको छ ।
उँहाले मेलम्ची नगर उद्योग वाणिज्य संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शुक्रवार उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले व्यापारीहरूको हकहित, सामाजिक कार्य र विपतको कार्यमा पनि उल्लेखनीय महत्त्वपूर्ण भुमिका उद्योग वाणिज्य संघको रहेकाले पनि व्यवसायीक एकता हुन आवश्यक रहेको बताउनु भयो । स्थानीय सरकार सामाजिक उत्तरदायित्वको हरेक क्रियाकलापमा हातेमालो गर्न तयार रहेको र मेलम्ची नगरको आन्तरिक राजस्व व्यवस्थापनमा समेत उद्योग वाणिज्य संघको प्रमुख भुमिका रहने भएकाले स्थानीय सरकार उद्योग वाणिज्य संघ सँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।
मेलम्ची नगरको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनु हुँदै नगर प्रमुख तामाङले मेलम्ची नगरपालिकाको समग्र विकासका लागि मेलम्चीमा लगानी भित्र्याउँन निजी क्षेत्रलाई आव्हान समेत गर्नु भयो । कार्यक्रमका बिशेष अतिथी बुद्धराज बस्नेतले स्थानीय सरकार, यद्योगीहरुको सम्बन्ध नङ र मासुको जस्तै हुने भएकाले पनी एक आपसमा मिलेर सहकार्य गरी काम गर्न उद्योग ब्यवसायीहरु लागी परेको बताउँनु भयो । मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालको अध्यक्षता भएको अधिबेशनले उँहाकै अध्यक्षतामा नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष ,
बिचारी बानिँया,प्रथम उपाध्यक्ष , जनकलाल श्रेष्ठ,द्वितिय उपाध्यक्ष , प्रतिमा धिताल ,महिला उपाध्यक्ष , कालिमाँया तामाङ ,महासचिव , ताराबहादुर बानिँया,सचिव , गणेश दुलाल ,कोषाध्यक्ष , शुरेस श्रेष्ठ,सह–सचिव ,बुध्दि प्रसाद गौतमसदस्यहरू मा राजकुमार चालिसे, सुशान गिरी, सुरेन श्रेष्ठ,दिल बहादुर देउजा,सुरेश घोरासैनि,रेवतिरमण दुलाल,कृष्णबहादुर दुलाल,शुरेन श्रेष्ठ,सुरज श्रेष्ठ, सुब्बालाल श्रेष्ठ, शरण चालिसे,शैलेस खड्का,शिवशरण श्रेष्ठ रहनु भएको छ भने प्रमुख सल्लाहकार देबेन्द्र कार्की रहनु भएको छ ।
