व्यापारीहरुका हकहितका लागि व्यवसायीक एकता आवश्यक ःनगर प्रमुख तामाङ
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले व्यापारीहरुका हकहितका लागि व्यवसायीक एकता आवश्यक रहेको बताउनु भएको छ । उँहाले मेलम्ची नगर उद्योग वाणिज्य संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शुक्रवार उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले व्यापारीहरूको हकहित, सामाजिक कार्य र विपतको कार्यमा पनि उल्लेखनीय महत्त्वपूर्ण भुमिका उद्योग वाणिज्य संघको रहेकाले पनि व्यवसायीक एकता हुन आवश्यक रहेको बताउनु भयो । स्थानीय सरकार सामाजिक उत्तरदायित्वको हरेक क्रियाकलापमा हातेमालो गर्न तयार रहेको र मेलम्ची नगरको आन्तरिक राजस्व व्यवस्थापनमा समेत उद्योग वाणिज्य संघको प्रमुख भुमिका रहने भएकाले स्थानीय सरकार उद्योग वाणिज्य संघ सँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो । मेलम्ची नगरको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनु हुँदै नगर प्रमुख तामाङले मेलम्ची न...
