श्रोता तथा दर्शकमाझ लोकप्रिय बन्दै गायक सरोज लामिछाने
देब राज सुबेदी ,
पछिल्लो समय युवा पुस्तामा निकै व्यस्त रहेका लोकप्रिय गायक तथा सर्जक सरोज लामिछानेको चर्चा थप चुलिँदै गएको छ । विगत डेढ दशक देखि गीत सङ्गीतको यात्रामा निरन्तर संघर्ष गरिरहेका गायक सरोज अहिले पनि उत्तिकै शसक्त र उर्जाशील भएर लागिरहेका छन् । २०४९ साल माघ २ गते सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको फटकशिलामा बुबा उत्तममणि लामिछाने र आमा सावित्रा लामिछानेको कोखबाट जन्मिएका गायक लामिछाने पाँच जना परिवार मध्यका उनी कान्छा छोरा हुन् । सानै उमेरदेखि गीत लेख्न , गाउँन, नाच्न कार्यकम चलाउन र अभिनय गर्न निकै रुचि र चासो राख्ने लामिछाने बहु आयामिक कलाकारका रुपमा स्थापित भएका छन् । पछिल्लो समय नेपालमा काँठ क्षेत्रका गितहरु ओझेल पर्दै गएको अवस्थामा लामिछाने अहिले तिनै काँठको धरोहरको रुपमा परिचीत छन् र उनको आगमन संगै काँठे भाकाले समेत नंया उचाई हासिल गरेको छ । लोक दोहोरी गित भन्ने बित...
