सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचाकेगढी नगरपालिका वडा नं. १४ को नेकपा (एमाले) को वडा कमिटी अध्यक्षमा हरि पौडेल निर्विरोध हुनुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–१४ को दोश्रो वडा अधिवेशनले अध्यक्षमा हरि पौडेल, उपाध्यक्ष रेशम बहादुर तामाङ, सचिव मोहन बहादुर बस्नेत, उपसचिव रामचन्द्र तामाङ्ग, उपसचिव सीता बस्नेत सहित २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको हो ।
नेकपा एमालेका स्थाइ कमिटी सदस्य तथा पुर्ब मन्त्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यतामा र पाटी केन्द्रीय सदस्य शुभाष कर्मचार्यको बिशेष अतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनमा पाटी केन्द्रीय निर्बाचन आयोगका सदस्य पुर्ब नगर प्रमुख अमान सिं तामाङ, बागमती प्रदेस पाटी कमीटी सदस्यहरु बालकुमारी सापकोटा, इन्द्र बहादुर नेपाल, बिदुर भारती, पाटि जिल्ला कमिटी सल्लाहकार राम चन्द्र बस्नेत, बादल लामा जिल्ला कमिटी सदस्यहरु शेर बहादुर श्रेष्ठ, सरोज बोहारा, शिब श्रेष्ठ, कमला गिरी, मिरा जोस्ती सापकोटालगाएतको अतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब मन्त्री शेर बहादुर तामाङले नेकपा एमालेले जेष्ठ नागरिक भत्ता बितरणको योजना ल्याएको बताउँनु हुदै कोभिडको बेलामा सबै नागरिकलाई खोपको व्यवस्था गर्न आफुले निर्णय गरेको बताउँनु भयो । उहाँले सामाजिक सञ्जालमा लेखेका कुरा पत्याउँन नसकीने बताउँदै नेकपा एमाले फटाह कुरामा बिश्वास गर्देन भन्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य शुभाष कर्मचार्यले बिचमा जहा जे भए पनि कम्युनिष्टहरुको मुख्य घर एमालै नै हो भन्दै सबैले एमालेलाई बलियो बनाउँन लागी पर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा पाटी केन्द्रीय निर्बाचन आयोगका सदस्य पुर्ब नगर प्रमुख अमान सिं तामाङले माओबादी जनताको पाटी नभएर पारिवार बादको पाटी भएको बताउानु भयो । कार्यक्रममा बागमती प्रदेस पाटी कमिटी सदस्य बालकुमारी सापकोटाले नेकपा एमालेले गरेका हरेक कार्यक्रम जनमुखी भएको बताउँनु भयो । यसैगरी बागमती प्रदेस पाटी कमिटी सदस्य बिदुर भारतीले अब नेताले होइन जनताले निती बनाउँने बेला आएको छ भन्नु हुँदै नेता जनमुखी भन्दा पनि सत्तामुखी भएकोमा दुख ब्यक्त गर्नुभयो । यसैगरी कार्यक्रममा बागमती प्रदेस पाटी कमिटी सदस्य इन्द्र बहादुर नेपालले नेकपा एमालेले गरेका जनमुखी कार्यलाई तोडमोड गरेर अरु पाटीले जसरी सलन खोजेको बताउनु भयो । कार्यक्रममा जिल्ला कमीटी सदस्य, शेरबहादुर श्रेष्ठले बिशेष गरी नेकपा एमालेको कार्यक्रममा बढी जनसहभागीता भएका देखेर बिपक्षी आतालिएको बताउँदै जनताको काम गर्न पर्छ भन्नुभयो । कार्यक्रममा युवा नेता सरोज बोहोरा, दामोदर सापकोटा लगाएतले सम्बोधन गर्नुभएको थियो भने उद्धब नेपालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । वडा पाटी संयोजक जनक तामाङको सभापतित्वमा भएको अधिबेशनमा राप्रपाका रामबहादुर तामाङ, हिरामाई तामाङ, अम्बिका बानीयाँ लगाएत एमाले प्रबेश गर्नुभएको कार्यक्रममा कलाकार सुर्यमणी आचार्यले गितद्धारा मनोरञ्जन दिलाउँनु भएको थियो कार्यक्रममा २०५४मा निर्बाचित पदाधिकारीहरुलाइ सम्मान गरिएको थियो ।
