सम्पर्क

विचार

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौं ।  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको विरुद्धमा आएको यो आदेशको पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचारहरूबारे अल्पकालीन अन्तरिम आदेश जारी गर्दै “अप्रमाणित तथा तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नू, नगराउनू र प्रकाशित समाचारहरू तुरुन्त हटाउनू” भन्ने निर्देशन दिएको थियो । उक्त आदेश नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा दायर रिट निवेदनमा सुनुवाइ गर्दै जारी गरिएको हो । शाखाको विज्ञप्तिमा भनिएको छ “सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबु...

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

विचार
रमेश कुमार बोहोरा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत बैंकिङ क्षेत्रको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने घोषणा गरेको छ । यो कदम सरकारको प्राथमिकतामा परेको देखिए तापनि यसको कार्यान्वयन पक्ष र विगतका अनुभवहरूले केही दुविधाको वातावरण सिर्जना गरिरहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न उक्त कम्पनी स्थापना गरिने घोषणा गरेका हुन् । यद्यपि यो अवधारणा नयाँ होइन । अघिल्ला सरकारका नीति तथा कार्यक्रमहरूमा पनि यसबारे चर्चा गरिएको थियो । त्यतिमात्र होइन रामेश्वर खनालको नेतृत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत गैरबैंकिङ सम्पत्तिको संकट गहिरिँदै गएकाले दीर्घकालीन समाधानस्वरूप सम्पत्ति व्यव...
राहत शिक्षक समिति सिन्धुपाल्चोकद्धारा ध्यानकर्षण

राहत शिक्षक समिति सिन्धुपाल्चोकद्धारा ध्यानकर्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल राहत शिक्षक ;सिन्धुपाल्चोकले राहात शिक्षक सम्बन्धमा प्रकाशीत समाचारहरु प्रती ध्यानकर्षण भएको जनाएको छ । नेपाल राहत शिक्षक समिति सिन्धुपाल्चोकको बारेमा केहि सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको समाचार प्रति जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती प्रकाशन गरेको छ । समितीका अध्यक्ष राजेन्द्र सापकोटाद्धारा जारी बिज्ञेप्तीमा नेपाल राहत शिक्षक समिति २०६३ साल देखि पेसागत रुपमा एकतावद्द हुँदै आएको जगजाहेर नै छ । मिति २०८२ जेठ २४ गते शनिवारको दिन चौतारामा जिल्ला समिति, पालिका अध्यक्ष साथै केन्द्रिय सचिव, केन्द्रीय सदस्यबीच नियमित बैठक छलफल भैरहेको बखतमा त्यस वैठकमा जिल्ला उपाध्यक्ष श्री गुणकेसरी श्रेष्ठ उपस्थित नभई सुकुटेमा गएर अर्को भेलामा उपस्थित हुनु आफैमा विरोधाभास हुदैन र ? उक्त भेलाबाट समानान्तर समितिको अध्यक्ष बन्नु सम्पूर्ण राहत शिक्षकको भावना विपरित हुँदैन र ? केही...

नयाँ बजेटको पुरानै कथाः जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

विचार, समाचार
रमेश कुमार बोहोरा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२÷०८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ । यद्यपि बजेटको आकारले देशको वर्तमान आर्थिक संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्ने संकेत दिएको देखिए पनि गहिरो विश्लेषण गर्दा यसको कार्यान्वयन, आर्थिक यथार्थ, जनअपेक्षा र संरचनात्मक सुधारको सन्दर्भमा गम्भीर प्रश्नहरू उठ्छन् । विगतका वर्षहरूमा जस्तै यसपालिको बजेट पनि ’महत्त्वाकांक्षी’ घोषणाका साथ प्रस्तुत गरिएको छ । तर योजनाहरूको कार्यान्वयनमा निरन्तरता, स्रोतको सुनिश्चितता, र खर्चको गुणस्तरबारे अघिल्लो वर्षहरूमा देखिएका कमजोरीहरू फेरि दोहोरिने संकेतहरू छन् । नीतिगत घोषणाहरूले उत्साह जगाए पनि तिनको व्यवहारिक कार्यान्वयन सन्देहास्पद देखिएको इतिहास अझै ताजै छ । बजेटमा उल्लेखित १९ खर्ब ६४ अर्ब रुपैयाँमध्ये ११ खर्ब ८० अर्ब चालु खर्चमा, ४ खर्ब...

बालविवाह रोकथाम सम्बन्धी अन्तर क्रिया स्याउलेमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सगुन बस्नेत, सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगचोकगढी नगरपालिका वडा नं १ स्याउलेमा रहेको श्री सेती देबी माबीमा बालविवाह रोकथाम सम्बन्धी अन्तर क्रिया कार्यक्रम भएको छ । वडा अध्यक्ष युबलालश्रेष्ठको प्रमुख अतिथ्यतामा रेष्ट पैरबी समुह सिन्धुपाल्चोकको आयोजनामा उक्त कार्यक्रम भएको हो ।समुहका जिल्ला संयोजक यज्ञ प्रसाद दङ्गालको सभापतीत्वमा भएको सो कार्यक्रममा बिद्यालयका बिद्यार्थी शिक्षक अभिभावक तथा स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो । वडा १का वडा सदस्यहरु रामशरण अधिकारी, दिल कुमारी कार्की, उमा परियार,कालुमान बिक , सेती देबी माबी का प्रअ सबिन दङ्गाल, रेष्ट जिल्ला कार्यलय प्रमुख कुमार भट्राइ,वडा भित्रका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरु, बिद्यालयका प्रअ हरु लगाएतको उपस्थिती रहेको थियो । कानुन व्यवसायी मोहनराज गिरीले सहजीकरण गर्नु भएको कार्यक्रममा कुमार भट्राइ,रामशरण अधिकारी, लगाएतले शुभक...

नेपाल किड्सको सहयोगमा विद्यार्थीहरुलाई ट्याकसुट वितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा अवस्थित श्री आदर्श विद्या मन्दिरमा अध्ययनरत विद्यार्थीहरुका लागि नेपाल किड्सका अध्यक्ष हरिशरण गिरीले निःशुल्क ट्याकसुट वितरण गर्नु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर तामाङको पहलमा समाजसेवी हरिशरण गिरीले नेपाल किड्स संस्थाको तर्फबाट बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गरेका ६३ जना विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष विमल श्रेष्ठले विद्यार्थीहरुलाई ट्याकसुट वितरण गर्नु भएकोमा समाजसेवी हरिशरण गिरीले गर्नुभएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले वडा भरिकै विद्यालयहरुमा विभिन्न किसिमको सहयोग गर्दै वडाको शैक्षिक सुधारमा हातेमालो गर्नुभएको पनि बताउनुभयो ।ट्याकसुट वितरण कार्यक्रमका पाल्नुभएका संस्थाका अध्यक्ष हरिशरण गिरी, उपाध्यक्ष शान्ति गिरी, सदस्यद्वय नारायण भट्टराई र भगवान गिरीलाई शिक्...

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शन्तराम बिडारी को हुन् ?

जिबनशैली, विचार, समाचार
थाहा नगरपालिका वडा नं. ६, टिस्टुङ बज्रबाराहीका स्थायी बासिन्दा शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहनु भएको छ भने हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा कृयाशिल हुनुहुन्छ । विगत दुई दशकदेखि सक्रिय पत्रकारका रूपमा नेपाल समाचारपत्र दैनिक, गोरखापत्र दैनिक, एबिसी टेलिभिजन, बुधबार साप्ताहिक, साँघु साप्ताहिक लगायत विभिन्न मिडियामा काम गर्दै आएका उहाँ हाल दामन पोष्ट साप्ताहिक र दामन पोष्ट डटकमको सम्पादकका रूपमा पनि कार्यरत रहनुभएको छ । उहाँले यसअघि जनसञ्चार साप्ताहिक र साप्ताहिक आवाज साप्ताहिकको कार्यकारी सम्पादक, अनलाइन पोर्टल नेप्लिज डट ओआरजीको वरिष्ठ सहसम्पादक र सेन्टरखबर डटकमको सम्पादक भएर समेत काम गरिसक्नुभएको छ । बिडारीले रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता तथा आमसञ्...

कुमार बस्नेतद्वारा शिक्षासामग्री वितरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जेठ १९ – सुनकोशी ५ रतनकोट आधारभूत बिद्यालयमा पुर्व स्वस्थ मन्त्रि मोहन बहादुर बस्नेतको निर्देशनमा सुनकोशी गाउँपालिका वडा नं. ५ का नेपाली काँग्रेस वडा सभापति तथा समाजसेवी युवानेता कुमार बस्नेत र उहाँकी धर्मपत्नी सावित्री खड्का बस्नेतको ब्यक्तिगत सहयोगमा रतनकोट आधारभूत विद्यालयका कक्षा ECD देखि ५ सम्म अध्ययनरत ३७ जना विद्यार्थीहरूलाई अंग्रेजी पुस्तक, स्टेशनरी सामग्री र ज्यामितीय शैक्षिक सामग्री वितरण गरिएको छ।शिक्षामा समान पहुँच र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पढाइको व्यवस्था होस् भन्ने उद्देश्यसहित यो महत्वपूर्ण पहल गरिएको हो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापनय समितिका अध्यक्ष स्याम कुमार लामाले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि युवा नेता कुमार बस्नेत हुनुहुन्थ्यो। विशेष अतिथि समाजसेवी प्रमोद लामा, विद्यालयका प्...

गेरुवा गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
जेठ १८ नेपालगञ्ज ÷बास नेपालको सहजीकरण र गेरुवा गाँउपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानिय कानुन निर्माण र गाँउ सभा सञ्चालन बिषयमा तालिम सम्पन्न भएको छ । बर्दियाको ठाकुरद्धारा स्थित बर्दिया टाईगर रिसोर्टमा शनिबार र आईतवार गरी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा नेपालका सरकारका पुर्ब अर्थ सचिव तथा राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बासकोटाले प्रशिक्षण दिनुएको थियो । दुईदिन सम्म सञ्चालन भएको तालिमा प्रशक्षिक बासकोटाले सभाको बैठक र कार्यप्रणाली, सभाको ब्यवस्थापन सम्बन्धी कार्यबिधि, स्थानिय तहको योजना तर्जुमा तथा कार्यन्वयन, स्थानिय तहको न्यायीक कार्य सम्बन्धी ब्यवस्था, स्थानिय तहमा अख्तियारले औंल्याउने गरेको बेरुजुको अबस्था कम गर्ने रणनितिक उपाय,, स्थानिय तहमा गठबन्धका बिभिन्न समिति र तिनका कर्तब्य तथा आपसी समन्वयको अबस्थाका बारेमा प्रशिक्षण...

दुवाचौरमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  देबराज सुबेदी ..गणतन्त्र दिवस २०८२ को अबसरमा बागमती प्रदेश सरकार स्वास्थ मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको योजनामा मेलम्ची नगरपालिकाको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ का ेव्यवस्थापनमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रबद्र्धन अभियान प्रजनन स्वास्थ्य रुग्णता जाँच एवम ब्यबस्थापन तथा जेष्ठ नागरिक स्वास्थ्य बुढ्यौली कार्यक्रम सम्बन्धि निशुल्क स्वास्थ्य शिविर २०८२ सम्पन्न भएको छ । शिविरको उद्घाटन गर्दै पुर्व मन्त्री शेरबहादुर तामाङले गणतन्त्र भएपछि जनतालाई सहज भएको बताउनुभयो । उहाँले आफू स्वास्थ्य मन्त्री हुँदाको कोभिडको समय स्मरण गर्दै कोभिड बिरुद्धको खोप ल्याएर धेरै जनताको ज्यान बचाउन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । सरकारले जनताको सुरक्षाको ध्यान दिँदै कोहि सुत्केरी तथा विपन्न बर्गका विरामिलाई हेलिकप्टर मार्फत सुबिधा सम्पन्न अस्पताल सम्म पुर्याउ...