बाह्रबिसे ३ का सुनौलो हजार दिनका आमाहरुलाई बाख्रा बितरण
हिरा खड्का बाह्रबिसे–बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिने विपन्न परिवारका आमाहरुका लागी बाख्रा पालन सम्बन्धि छलफल एबंम् अन्तक्रिया तथा वितरण कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ३ मा सम्पन्न भएको छ । कार्यक्रममा बाह्रबिसे नगरपालिका वडा नं ३ भित्र रहेका सुनौलो हजार दिने विपन्न परिवारका २८जना आमाहरुका लागी ५८ वटा बाख्रा बितरण गरिएको थियो । कार्यक्रममा आयआर्जन मार्फत पोषणमा सुधारका साथै आत्म निर्भरता बनाउन विपन्न,जनजाती र दलित समुदायका आमाहरुलाई लक्षित गरिएको बाह्रबिसे ३ स्वास्थ्य चौकीका प्रबक्ता जितेन्द्र राउतले जानकारी दिनु भयो । बहु क्षेत्रीय पोषण कार्यक्रमको सहयोग र बाह्रबिसे नगरपालिकाको सहकार्य समन्वमा वडा भित्र रहेका र स्थायी लेखा नं समेत लिई समुह दर्ता भएका समुहबाट सुनौलो हजार दिने विपन्न परिवारका आमाहरु मध्ये आबस्यकता र प्राथमिकताका आधारमा ...








