नाकाबारे उद्योग वाणिज्य संघले गरायो सरकारको ध्यानाकर्षण
अन्तर्वाता, कृषि, खानेपानी, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
बार्षीक २ अर्व भन्दा बढी राजस्व संकलन गर्ने तातोपानी नाका आवतजावत गर्ने सडक अवरुद्धबारे सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ । सरकाले समयमा सडक खुलाउन पहलकदमी नबढाएको भनि संघले तातोपानी नाकाबारे चासो बढाएको हो ।
संघका अध्यक्ष बुद्धराज बस्नेतले एक विज्ञप्ती जारी गर्दै शुक्रबार सरकारलाई चासो दिन आग्रह गरेका हुन् । दैनिक लाखौको राजस्व संकलन गर्ने तातोपानी भन्सार कार्यालयले समेत आफ्लो बार्षिक लक्ष्य हासिल गर्न सक्ने अवस्था छैन । गत वर्ष ५० करोड ५२ लाखमा ठेक्का लागेकोमा समेत चीन सरकाले बनाईदिन्छ भन्ने आस्वासन मात्र देखाएको भन्ने कुरा उल्लेख छ ।
अरनिको राजमार्गमा पर्ने तातोपानी –कोदारी सडक असार ३१ गतेबाट भोटेकोशी गाउँपालिका २ मा पर्ने इको पहिरोको कारण ३ घर क्षति र ७० घरहरु उच्च जोखिममा रहेका छन् । १ सय ५० भन्दा बढी मालबहाक कन्टेनरहरु राजधानी प्रवेश गर्न पाएका छैनन् ।...









