सम्पर्क

साँझ ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अरनिको राजमार्ग बन्द

सिन्धुपाल्चोक जिल्ला लगाएत देसका बिभिन्न क्षेत्रमा आज बिहानै देखी वर्षा भइरहेको छ । यसै सन्धर्भमा जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले पनी जिल्लाका विभिन्न स्थानहरूमा आज दिनभरदेखि निरन्तर वर्षा भइरहेको जनाउँदै सबैमा सतर्कता अपनाउँन अन्ुरोध गरेको छ । हाल पनि वर्षा जारी रहेको छ। यसका कारण नदी आसपासका क्षेत्र तथा अन्य जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरोको जोखिम हुन सक्ने भएकाले सम्पूर्ण जिल्लावासीमा उच्च सतर्कता अपनाउन जिल्ल प्रशासन कार्यलय सिन्धुपाल्चोकले अन्ुरोध गरेको छ । यसका साथै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले अरनिको राजमार्गमा आज साँझ ८ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ।उक्त व्यवस्था आगामी असोज १२ गतेसम्म लागू हुने भएकाले राजमार्ग हुँदै यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारी चालकहरूले सोहीअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न अनुरोध गरिन्छ।सम्भावित असहजता तथा जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका साथ यात्रा गर्नुहुन र आवश्यक सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ। जिल्ला ट्रफिक कार्यालय सिन्धुपाल्चोकले माइकिगं गरिरहेको छ ।