सम्पर्क

बाढीले बगाएपछी भगवानको कृपाले बल्ल बल्ल बाँचे सुभाष खड्का

बाहिर निस्कदा सरिरमा कुनै बस्त्र नभएको हातले केही आँखा मा लागेको माटो पुछेर हेर्दा आमा छोदिङ्मो गाउँपालिकाको शाखा प्रमुख सहितको गाडी आएर सुरक्षीत स्थानमा लगेर धोईपखाली गरिदिनु भइ “डोबो तेम्बा फुर्बु बेसीस हस्पिटलमा” उपचार समेत भएको जानकारी दिनु भयो। सँगैका साथी हरु गाडी बचाउँन लागे कोहि मोवाइलमा भिडीयो बनाउँन लागे म भागे बल्ल बल्ल भगवानको आशिर्बादले बाचेको छु । यो भनाइ वीर अस्पतालमा उपचार गराइ रहनु भएका सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउपालिका वडा नं ४ केराबारीका सुभाष खड्काको हो । हाम्रा लोकप्रिय समाचारका स-सम्पादक कृष्ण बहादुर गुरुङ (सुमन) सँग अस्पतालको बेडमा उपचार गराइरहनु भएको अबस्थामा मङ्गलबार कुरा गर्नु भएको हो । कुरा कानीका क्रममा खड्काले पेशाले आफु ड्राइभर भएको र भदौ १० गते पनि आफ्नो कार्यको सिलसिलामा टिम्मुरे बजारमा गाडीको ट्रिपका लागी लाइन लगाएको थिए । त्यती बेला साथीभाईहरु ४०–४५ जना बिहान चिया नास्ता गरेर दिउँसो आफ्नो पालो आउँछ भनेर कुरेर बसेका थियौ । हामी साथीहरु सङै थियौ बिहान ८–३० तिर चिया चना सङै खाएको अनि सबै जना गफ गर्दै गर्दा बिहानको १० बजे तिर बाढी आएको देखेर भाग्न सल्लाह दिदा सबै साथीले कोहि गाडी बचाउन लागे कोहि फोटो भिडियो खिच्न लागे म चाहिँ रुङ्गा खोला तर्फ भागेकोले बाच्न सफल भए बाकी सबै साथीलाई भोटेकोसीले बगाएर लग्यो भन्नु भयो । एक्कासी बाढी आएको देखेर भागौ भनेर भाग्न लाग्दा सगैका साथीभाई कोहि गाडी जोगाउने भन्न लागे कोही केही हुँदैन किन डराएको भनी भिडियो खिच्नमा ब्यस्त हुनु थालेको आफु चाँही बाढी आएको देखेपछि भाग्ने ठाउँ नभए पछी सानो खोला रुङगा खोला तर्फ भाग्दा १०० मिटरजती परसम्म भोटेकोसीमा आएको बाढीको छालले लगेर साईड लगाएकोले बाच्न सफल भए भन्नु भयो ।भाग्न मन लागेर भागेको बताउँनु भयो । खड्काले भगवानको कृपा अनि श्रीमती शरला खड्काको सिउदोको सिन्दुर अनि छोरा सफल खड्का र छोरी सुजिना खड्काको माया ले आफुलाइ बचाएको कुरा गर्नु भयो । प्राकृतिक बिपत्तिलाई ठुलो सम्झेर भाग्ने कोशिश गर्दा गर्दै पनी आफुलाइ ५–६ पटक सम्म बगाएको बताउँदै कहिले बनमारको बुट्टोमा समातेकोे त कहिले उरेलोको बुटो समातेको बताउँनु भयो । भेलले बगाएर पाखा लगाएको र आफु बाहिर निस्कदा मुख, कान अनि आँखा भरी माटो नै माटो भएकाले पिरो भएर केही देख्न नसक्ने अबस्थामा रहेको बताउँनु भयो । बाहिर निस्कदा सरिरमा कुनै बस्त्र नभएको हातले केही आखामा लागेको माटो पुछेर हेर्दा त्यहा आमा छोदिङ्गो गाँउपालिकाको शाखा प्रमुख सहितको गाडी आएर सुरक्षीत स्थानमा लगेर धोईपखाली गरिदिनु भइ आफुलाइ पुर्नजन्म दिएको महशुस भएको बताउँनु भयो । उँहाले पालिकाकाको स्थानिय उपचार पछी ११गते हेलिकप्टरले काठमाडौको वीर हस्पिटल र ट्रमामा ल्याएको र २ दिन को उपचार पछी बसाई पछी घरमा फिर्ताभएपनी पुनःघाउ दुखाईको कारण १४ गतेबाट हस्पिटलमा भर्ना हुनुभएको बताउँनु भयो । अस्पतालको बसाईमा उहालाई केही सरकारबाट हुनु पर्ने कमि केही छ कि भन्दा केही छैन यस्तो बिपत्तिमा तपाईं हामी सबैले अरु त्यहाँ हराइरहेका साथीहरुको खोजीमा लाग्न पर्छ र सकुसल भेट्न पाउँ भन्ने आफुले भगवान सँग प्रार्थना गरेको बताउँनु भयो ।भोटेकोशीको बाडीले धेरैको सपना चकनाचुर बनायो , धेरैको बुढेसकालको साहारा छिनायो , धेरैको सिउदो पुछायो , धेरैलाई बाबा आमा बिनाको टुहुरो बनायो ,अनि अरु त के के बनायो के के , आज म सिउदो पुछिन बाट बचेको अनि बच्चा टुहुरो हुन बाट बच्नु भगवानको आर्शीबाद हो भन्नु भयो । आमाछोदिङ्गो गाँउपालिकाबाट खड्कालाइ धोइ पखाली गरेर उपचारमा सहयोग गर्नु हुने पालिकाका पञ्जीकरण शाखा प्रमुख तथा शिक्षा संयोजक राजेन्द्र प्रसाद आचार्यले आफुहरुले सिन्धुपाल्चोकको २जवना र रसुवाकै २जना गरी ४जनाको उद्धार गर्न सफल भएको बताउँनु भयो ।