सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाले आफ्ना नगरका बेपता भएका नागरिकहरुका परिबारलाइ बिपद व्यवस्थापन शाखामार्फत प्रती परिबार लाइ रु एकलाख पन्ध्र हजारका दरले तत्कालका लागी राहत सहयोग गर्ने भएको छ ।
नगरप्रमुख बालकृष्ण बस्नेतको सचिवालय द्धारा प्राप्त जानकारी अनुसार आज बसेको कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरिएको हो । नगर प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले २०८३÷०५÷१० गते बुधबारका दिन रसुवा जिल्ला स्थित भोटेकोशी नदी लगायतका स्थानहरूमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण यस नगरपालिकाका विभिन्न वडाहरूमा बसोबास गर्ने व्यक्तिहरू उक्त घटनामा परी ज्यान गुमाउनु हुने र बेपत्ता परिवारलाई प्रति परिवार राहत स्वरूप रु. १ लाख १५ हजार विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने र प्राकृतिक विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा सुरक्षित पुनःस्थापनालाई तीव्रता दिने प्रतिबद्धता सहीतको निर्णय गरेको छ ।बैठक पछी नगर प्रमुख बस्नेतले बाह्रबिसे नगरपालिकाको नेतृत्वको हैसियतले म हजुरहरूलाई विश्वास दिलाउन चाहन्छु— यो संकटको घडीमा तपाईंहरू कोही पनि एक्लो हुनुहुन्न। तपाईंहरूको सुख–दुःखमा बाह्रबिसे नगरपालिका सधैं साथमा रहनेछ।
प्राकृतिक विपत्तिले पारेको पीडा निकै नै गहिरो छ। तर, प्रभावित क्षेत्रमा पुगेर जनताको दुःखमा मलम लगाउने कार्यमा अहोरात्र खटिनुहुने सम्पूर्ण सहयोगी हातहरू तथा बाह्रबिसे नगरपालिकाको टोलीप्रति हार्दिक आभार व्यक्त गर्दछु भन्नु भएको छ ।
