गोल्मादेवी माविमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरका लागि अभिभावक शिक्षा कार्यक्रमको आवश्यकताको महसुस गर्दै शिक्षा युवा तथा खेलकुद शाखा चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक शिक्षा सबलीकरणका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
लामो समय बालबालिकाहरु अभिभावकसँगै हुने र अभिभावकहरुबाट सामाजिक संस्कारको विकास हुने भएकोले अभिभावक शिक्षाको महत्व रहेकाले नगर शिक्षा शाखाबाट फरक किसिमको कार्यक्रम आयोजना गरिएको हो भनी नगर शिक्षा शाखाका गोपाल खड्काले बताउनु भयो । उहाँले गत वर्ष १०६४, यश वर्ष १७६५ र आगामी वर्ष सबै अभिभावक सम्म पुग्ने अभियान रहेको बताउँनु हँुदै जसबाट शैक्षिक जागरण आउने र सिकाइमा टेवा पुग्ने विश्वास का साथ नगर प्रमुख सहितको टिमले योजनामा समावेश गरीएको बताउँनु भयो ।अघिल्लो आर्थिक वर्षमा पनि नगरभित्रका १० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भइसकेको छ । हाल सञ्चालन भइ...

