वाइसेल चौतारामा बेल बहादुर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को सहायक संगठन वाइसेल नेपाल चौतारा साँगाचोकगढी नगरपालिकाको तेस्रो सम्मेलनबाट बेलबहादुर नेपाल नगर अध्यक्ष बन्नु भएको छ ।नेपालको अध्यक्षतामा ७५ सदस्यीय नगर समिति चयन भएकोछ । समितीका उपाध्यक्षमा भिम गुरूङ, सह सचिवमा सुबास बिक, सदस्यहरुमा सन्देश श्रेष्ठ ,रबि श्रेष्ठ, अञ्जना श्रेष्ठ लगाएत ७५जना सदस्य चयन हुन भएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाको तेस्रो सम्मेलन नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेश भौतिक योजना विकास मन्त्री युवराज दुलाल को विशेष आतिथ्यतामासम्पन्न भएको नेकपा माओबादी केन्द्र नगर समितीका उपाध्यक्ष तारादेबी रानाले जानकारी दिनु भयो । उँहाका अनुसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कृ...
