सरकारलाई दुर्गम गाउँका नागरिकका गुनासो
सिन्धुपाल्चोक
चित्र मिजार,सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ का समाजसेवी चक्र रुम्बाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले नागरिकको जनजीवनमा परिर्वतन ल्याउने कार्य गर्न सुझाव दिनु भएको छ। बिकासका मूलप्रवाहबाट बञ्चित रहेका ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाँई, बिद्युत, रोजगारी, भौतिक पूर्वाधार लगायतका काम गर्न रुम्बाले तीनै तहका सरकारलाई सुझाव दिनु भएको छ ।भूमिसुधारका कार्यक्रम ब्यबहारिक रुपमा कार्यान्वयन गर्न, गाउँ–गाउँका बाँझो खेतबारीलाई उत्पादनमा लगाउन मल, जल, सिचाँईमा बजेट उपलब्ध गराई काम गर्न, कृषि पशुपालनमा बिना धितो बिना ब्याजमा ऋण दिन, बास्तविक बिकानलाई मात्रै कृषि अनुदान दिन सरकारलाई उहाँले सुझाव दिनु भयो । कृषिमा प्रर्याप्त बजेट बिनियोजन गरी सदुपयोग गरेमा गाउँमै रोजगारी बढ्ने र बिदेश पलायन हुन नपर्ने उहाँको तर्क रहेको छ । ७० रोपनी जमीनको हदबन्द...
