दिवा खाजा ब्यवस्थापन गर्न स्थानिय तहलाई अनुरोध
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको ब्यवस्थापन गर्नुपर्ने भन्दै स्थानिय तहहरुलाई अनुरोध गरेको छ ।
केन्द्रका शाखा अधिकृत पद्या शर्मा सापकोटाद्धारा हस्ताक्षरित पत्रमा नेपाल सरकारले आ.ब. ०७७÷ ०७८देअी देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक विद्यालयदेखी कक्षा ५ सम्मका बालबालिकाहरुलाई दिवा खाजाको ब्यवस्था गरिएको छ । स्थानिय स्तरमा उत्पादन भएका खाद्य बस्तुहरुको उपयोग गरी विद्यालयले साप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने ब्यवस्था रहेको सन्र्दभमा कतिपय स्थानिय तहभित्रका केही विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरीद गरी खुवाउने जानकारी आएकाले यस्ता कार्य नगर्न पत्रमा आग्रह गरिएको छ । सरकारको निति विपरित र बालवालिकाको स्वास्थ्य सँवेदनशिलता असर पर्ने भएकाले साथै स्थानिय कृषकको आय स्तरमा सुधार गर...
