सम्पर्क

विचित्र संसार

किन बढ्दै छ, वायु प्रदूषण ?

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २२ चैत : वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने ? र असर कम गर्ने विषयमा छलफल गर्नुभएको थियो । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कानुसार ०–५० ...

मेलम्ची नगरपालिकाको सिफारिसमा (-KMC_ ) मा निशुल्क शल्यक्रिया

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिका र काठमाडौं मेडिकल कलेज (-KMC_ ) को सहकार्यमा सिन्धुपाल्चोकको मेलम्चीमा गत फाल्गुन २६ गते आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट सिफारिस गरिएका विभिन्न रोगका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गरिएको छ। शिविरमा स्वास्थ्य परीक्षणपछि गम्भीर शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूलाई छनोट गरिएको थियो। ती बिरामीहरूको काठमाडौं मेडिकल कलेजमा आवश्यक औषधि बाहेक सम्पूर्ण उपचार तथा शल्यक्रिया निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको हो ।   मेलम्ची नगरपालिकाको आयोजना तथा प्ःऋ को प्रविधिक सहयोगमा सञ्चालन भएको शिविरले धेरै बिरामीहरूको स्वास्थ्य सुधारमा योगदान पु¥याउने मेलम्ची स्वास्थ शाखाका प्रमुख पशुराम श्रेष्ठले विश्वास ब्यक्त गर्नु भयो ।यो कार्यक्रम विशेष गरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवासँग पहुँच सुनिश्चित गर्न सहकार्य लागि मेलम्ची नगरपालिकाक...

कतारको अबुहमरमा खुल्यो (काभ्या श्री) एसोसरिज एन्ड कार रिपेयर पसल 

#, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
दर्शन सुनार / लोकप्रिय् दैनिक कतार बैदेशिक रोजगारीका लागी आकर्षक कर्मभुमी मानिएको मध्यपुर्वको देश कतारमा रोजगारी सगै ब्यबसाय गर्ने नेपालीहरुको संख्या बढ्दो क्रममा छ । बिभीन्न ब्यबसाय मध्य गाडीको साजसज्जमा नेपालीहरुको उपस्थित हुन् नसकिरहेको बेला रुपन्देही बुटोल निवासी  कतारमा रहेका फैजान सौकात अलिले कतारको आबुहमुर रोडमा अबस्थित रेजेन्सी सिग्नल नजिक “काभ्या श्री फर ट्रेडिङ एसोसरिज एण्ड कार रिपेएर” पसल संचालनमा ल्याएका छन ।  उक्त पसलको स्पोन्सर (संरक्षकत्व प्रदान गर्ने ब्यक्ती कफिल) र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्टले सयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन । नेपालीहरुको बाक्लो बस्ति रहेको पार्किङको समेत सुबिधा रहेको उक्त पसलमा अनुकूल मिल्नेहरूलाई एक पटक पुगेर सेवा लिन आग्रह गर्दै भट्टले व्यबसायिक सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।पसलमा गाडीको ...

कामपाले पूर्वराजालाई तोक्यो सात लाख ९३ हजार जरिवाना

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १६ चैतः काठमाडौँ महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा रुख, बिरुवा तथा रेलिङ तोडफोड र वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई रु सात लाख ९३ हजार जरिवाना तोकेको छ । महानगर प्रहरी बलले शाहको समर्थनमा प्रदर्शन भएको तीनकुने क्षेत्रको आज अवलोकन र क्षति मूल्याङ्कन गरी जरिवाना तोकेको नगर प्रहरी नायब उपरीक्षक शिवलाल पौडेलले जानकारी दिनुभयो । महानगरले प्रदर्शनस्थल आसपाससहित विभिन्न स्थानमा सडक तथा सडकपेटीमा जथाभावी फोहर गरेको कसुरमा रु छ लाख, आगजनी नियन्त्रण गर्न गएको दमकलमाथि ढुङ्गा प्रहार गरी क्षति पु¥याएको कसुरमा रु एक लाख तीस हजार, रुख, बिरुवा तथा रेलिङ एवं तीनकुने आइल्याण्डमा तोडफोड कसुरमा रु ६३ हजार जरिवाना र क्षतिपूर्ति तोकेको हो ।   पूर्वराजा शाहसहितको समर्थनमा शुक्रबार भएको प्रदर्शनमा सहभागीले सार्वजनिक तथा निजी सम्...

रजकको जलेर निधन भएको खबरले महासंघ स्तब्ध ,अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले गरेको आगजनीमा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने र सवारी साधन तोडफोड गरी संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासघका महासचिब रामप्रसाद दाहालद्धारा बिज्ञेप्ती जारी गरी यस्तो जनाइएको हो । जारी बिज्ञेप्तीमा राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले आज गरेको आगजनीको समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । सो समुहले आगो लगाएको भवनको समाचार संकलनको क्रम...
श्री कृष्ण रत्न गंगा मा. वि.मा इश्वरी सल्लाहकारसंयोजकमा श्यामकृष्ण

श्री कृष्ण रत्न गंगा मा. वि.मा इश्वरी सल्लाहकारसंयोजकमा श्यामकृष्ण

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ५ मा रहेको श्री कृष्ण रत्न गंगा मा. वि.को बिद्यालय ब्यवस्थापन समिती को अध्यक्षमा इश्वरी प्रसाद श्रेष्ठ चयन हुनु भएको छ । श्री कृष्ण रत्न गंगा मा. वि चौताराको सदरमुकाम चौतारामा रहेको जेठो विद्यालय श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा शनिबार सम्पन्न निर्वाचनमा दुई प्यानल र दुई स्वतन्त्र उम्मेदवारहरुले सहभागी भएकामा एक प्यानल र स्वतन्त्र उम्मेदवारहरु पराजित भएका छन् भने अर्को पक्षको सम्पूर्ण प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट बनाइएको संयुक्त प्यानललाई माओवादी–समाजबादी प्यानलले हराएको हो ।माओवादीको तर्फबाट ईश्वरीप्रसाद श्रेष्ठको नेतृत्वमा चुनाव लडेको प्यानलले विव्यसको सम्पूर्ण पदमा विजय प्राप्त गरेको थियो । विजयी ईश्वरीप्रसाद श्रेष्ठले ३ सय ५८ मत, राजन बुढाथोकीले ३ सय ९६ मत, लक्ष्मी श्रेष्ठले ३ सय ८२ मत र...

जीवनको लागि योगको ठुलो महत्व रहेको छ नगर प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
स्वास्थ्यका लागी अती आबश्यक रहेको स्वस्थ जीवनको लागि योगको ठुलो महत्व रहेको मेलम्ची नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । पर्यटकहरूको रोजाइमा पर्दै गएको धार्मिक एवम् मनोरम चुचुरोमा पर्यटन प्रर्वधनसँगै स्वस्थ जीवनको लागि योगको महत्वको प्रचार गर्न पदयात्रा सफल भएको यात्रामा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै उँहाले यस्तो बताउँनु भएको हो ।   तीन हजार आठ सय मिटर अग्लो आमा याङ्ग्रीको चुचुरोमा मेलम्ची नगर पंमुख सहित विभिन्न स्थानबाट गएका योग साधकहरूले योग तथा ध्यान गरेका थिए । धामिर्क एवम पर्यटकीय रूपमा चर्चित आमा याङ्ग्रीको चुचुरोमा मंगलबार फरक खालको दृश्यले सबैको ध्यान खिचेको थियो । मेलम्ची नगर योग समितिको आयोजनामा भएको दुई दिने योग पदयात्राका क्रममा आमा याङ्ग्रीमा भएको योग साधनाको दृश्यले भ्रमणमा आएका सबै पर्यटकको ध्यान खिचेको थियो ।तीन हजार दुई सय मिटर उचाइको वेस क्याम्पमा एक रात बिता...

आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ६ चैत: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन ।   शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । हिन्दुधर्म अनुसार प्रत्येक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्...

उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क कानुनी सहायता दिन माग

जिबनशैली, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ४ चैतः सांसद प्रेम सुवालले सरकारले उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क कानुनी सहायता दिन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा उहाँले भन्नुभयो, “उपभोक्ता ऐन बनेको छ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको छ, बिना बिल उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएकाले अनिवार्य बिल लिनेदिने विषयमा सरकारको पहल जरुरी छ, उपभोक्ताको मुद्दा सरकारले निःशुल्क लडिदिनुपर्छ ।” सांसद दुर्गा राईले पूर्वविशिष्टहरुलाई आजीवन सेवासुविधा उपलब्ध गराउने विषयमा असन्तुष्टि जनाउनुभयो । उहाँले यौन व्यवसायबाट पर्यापर्यटन विकास गर्नुपर्ने भन्ने सांसदको सुझाव पनि उचित नभएको धारणा व्यक्त गर्नुभयो । सांसद डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका सर्वसाधरणहरु अझै पनि ठगिने गरेको हुँदा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । “सम्झौताअनुसारको सेवासुविधा दिलाउन श्रम मन्त्रालयको ध्याना...

राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली भएको छ । राष्ट्रिय झण्डासहित संघीयताको खारेजी र राजतन्त्रको पुनस्थपनाको माग राख्दै बुधबार राजधानीका सडकमा प्रदर्शनी भएको छ । राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको हो । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो ।धवलशमशेर राणाा नेतृत्वको आन्दोलन परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएको थियो । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्गदेल सहीतको हजारौको सख्यामा राजधानीमा मोटर साइकल र्याली गरिएको राप्रपाको महीला नेतृ बागमती प्रदेस सभा सदस्य कुमारी तामाङ तामाङ, स्याङवोले जानकारी दिनु भयो ।  ...