गीत संगीतको क्षेत्रमा अझ सकृय बन्दै मोडल–संञ्जिव ठकुरी
दिनेश भण्डारी
सिन्धुपाल्चोक –आज भन्दा २९ वर्ष पहिला उद्दब कुमार ठकुरी पिता र बिन्दा ठकुरी खडका माताको कोख बाट दोलखा जिल्लाको मैलुङ गाविस वडा नं ६ मा जन्मनुभएका एक युवक यति बेला गीत संगीत को शिलशिलामा धेरै अगाडी बढिरहेको देखिन्छ मोडल सञ्जिव ठकुरी । ठकुरी को जन्म स्थान दोलखा जिल्लामा भएको हुनाले यस जिल्लाको सबै कलाकारहरु काँठे लोक दोहोरी क्षेत्रमा धेरै अगाडि रहेको देखिन्छ। दोलखा जिल्ला एक काँठे भाकाले चिनिने भएर नै होला पुराना काँठे भाकामा ठकुरीले सानै देखि नृत्य मा धेरै रुचि राख्ने ठकुरी स्कुल पढ्दा स्कुलमा हुने सांस्कृतिक कार्यक्रम होस या गाउँ घरमा हुने मेला पात बाजा गाजा आदिमा उहाँले आफ्नो प्रस्तुती देखाइ रहनु हुन्थ्यो । यसै क्रममा ठकुरीलाई गाउँ छर छिमेक वरिपरि को व्यक्तिहरुले भन्नु हुन्थ्यो यो मान्छे पछि गएर मोडलिङ क्षेत्रमा लाग्यो भने धेरै प्रगति गर्न सक्छ। गाउँ को मानिसहरू क...
