सम्पर्क

स्वास्थ्य

ढुगंना द्धारा गुरुगं सभाहलको सिल्यान्यास

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाका समाजसेवी बिकास प्रेमी एस्मीन ढुगांनाले शनीबार एक समारोहका बिच चप्लेटी गुरुगं समाज को सभाहलको सिल्यान्यास गर्नुभएको छ ।  सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका घुम्थागं ७मा निर्माण हुन लागेको गुरुगंहरुको सभाहलको शनीबार उद्धघाटन गर्दै ढुगंनाले समाजमा रहेका हरेक नागरिकको आआफ्नो धर्म सस्कार रिती रिवाज अनुसार आफ्नै परम्पराका आधारमा गरिने हरेक कार्यक्रमहरुका लागी आबश्यक पर्ने यस्ता भवनको सिल्यान्यास गर्न पाउँदा आफुलाइ खुशी लागेको बताँउँदै हरेक नागरिकको दुख सुखमा साथ दिइरहने बताउँनु भयो । २०७७सालमा गुरुगंहरुको सस्कारलाइ सरक्षण गर्दै अगाडी बढ्ने उद्धेश्यका साथ स्थपना भएको समाजको सभाहल निर्माण गर्न स्थानीय समाज सेवी पदम बहादुर गुरुग.ले आफ्ना छोरा देवराज गुरुगंको नाममा रहेको कि नं ८३६को ६आना १पैसा जग्गा (रु दुइलाख रुपैया बराबरको)जग्गा निशुल्क दिएको र त्यस का लागी हल निर्माण ...

नमुना जिल्ला बनाउँनका लागी मोहनबहादुर लगाएत गठबन्धनले जित्न अनिबार्य छ लामा

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, स्वास्थ्य
  नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापती जंग बहादुर लामाले सिन्धुपाल्चोक लाइ बिकास गरेर नमुना जिल्ला बनाउँनका लागी मोहन बहादुर बस्नेत लगाएत गठबन्धनका उम्मेदवारले जित्न अनिवार्य भएको बताउनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले पाटी सभापती लामा सँग गरेको कुराकानी १ तपाँइ नेपाली काँग्रेससिन्धुपाल्चोक जिल्लाको पाटी सभापती हुनुहुन्छ आगामी निर्वाचनका बारेमा कसरी अगाढी बढ्नु भएको छ हो आगामी मंसीर ४ गते देस भरी प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकामा पनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत क्षेत्र नं २ बाट प्रतिनिधी सभाको सदस्यमा बाम गठबन्धनको उम्मेद्धार बन्नु भएको छ । त्यसै क्षेत्र नं १मा नेकपा माओबादीका माधब सापकोटा सुबोध उम्मेदवार बन्नु भएको छ । प्रदेस सभामा मसिना खड्का, सरल सहयात्री,युवराज दुलाल, कृष्ण कुमार तामागं समिर...

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
आधारभूत तहमा अध्ययनरत बालकहरु हरेक दिन कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाएर बस्दा समाधानका लागि शिक्षकहरुले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो । कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकहरुले अहिले भने विद्यार्थीको यो रोगबाट उन्मुक्ति पाएका छन् । प्रदेश नं. ३ सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयन गरेपछि नर्सको परामर्शका कारण समस्याबाट मुक्ति मिलेको हो । ‘विद्यार्थीहरु झुम्म भएर एकोहोरो हुने गर्दथे,’ कार्यक्रम अन्तर्गत विद्यालयमा खटिएकी विद्यालय नर्स शोभा गिरीले भन्नुभयो ‘उनीहरुको अवस्था र रोगको प्रकृतिबारे परामर्श गर्दा विद्यार्थीहरुले मदिरा सेवन गर्ने गरेको भेटियो ।’ समस्या समाधानका ल...

डेंगुको जोखिम कायमै असोजममा मात्रै २० हजारमा डेंगु पुष्टि, ३१ जनाको मृत्यु

समाचार, स्वास्थ्य
डेंगुको जोखिम अझै पनि कायमै रहेको छ । असोज १ देखि २३ गतेसम्म २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको छ भने ३१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)को तथ्याङ्कमा असोज महिनामा मात्रै २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको र ३१ जनाको मृत्यु भएको उल्लेख छ । गत भदौ ३१ गतेसम्म १३ हजार सात जनामा डेंगु पुष्टि हुनुका साथै १३ जनाको मृत्यु भएको थियो । इडिसिडिका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार भदौ र असोज दुई महिनाको अवधिमा ४४ जना डेंगु सङ्क्रमित मृत्यु हुनुका साथै ३३ हजार ९७५ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ । चिकित्सकहरुका अनुसार डेंगी ’एडीस ए...

ऐतीहासिक स्थल त्रिपुरासुन्द्रीमा दही छ्यापाछ्याप

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा पर्ने पुरानो र ऐतिहासिक स्थल तौथली बजारमा बिहीबार दही छ्याप्दै तौथली जात्रा मनाइएको छ । वृद्धवृद्धादेखि युवा जमात ठेकी र बाल्टीबाट अबिर मिसिएको दही लिएर एकले अर्कालाई दही छ्यापाछ्याप गर्दै दही जात्रा मनाइएको छ ।     जिल्लाकै पहचिान बोकेको यो ऐतीहासिक दही जात्रा बिग्रीएको मौसमका कारण पनी उत्साहजनक रुपमा मनाइएको छ । ‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी )ले महिषासुरको बध गर्नुभएको खुशीयालीमा किरातकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका पूर्वअध्यक्ष विष्णुभक्त श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार विष्णुका पूर्ण अवतार कृष्णाले होलिकालाई बध गरेर ‘होली पूर्णिमा’ मनाइएझैं यहाँ महिषको अन्त्य भएको हर्षबढाइँ मनाइएको हो ।दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन ६ वटा लिंगो नचाउँदै तरब...

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
गलेश्वर, १९ असोज (रासस) : बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाउनुभएको छ । रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्नुहुन्छ । उहाँलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ । हजुरबा (बाजे) को स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको विदा लिई घरमा आउनुभएकी नातिनी विष्णु पुन मगर चौबिसै घण्टा बाजेको स्याहारमा तल्लिन हुुनुहुन्छ । एक...

अस्पताल तोडफोडमा संलग्न १० जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भीडले आइसियु कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले राससलाई जानकारी दिनुभयो । ‘धेरै बिरामी उपचार भइरहेको बेलामै संवेदनशील कक्षमा तोडफोड हुनु निन्दनीय छ, तोडफोडबाट लाखौँको क्षति भएको छ, चिकित्सक तथा नर्सहरूमाथि समेत हातपात भएको छ”, देवकोटाले भन्नुभयो, “संवेदनशील क्षेत्रमा यस्तो हर्कत हुनुमा सरकार गम्भीर हुनुपर्छ ।” उहाँले अस्पतालले भर्खरको युवालाई बचाउन भनेर हरतवरले प्रयास गरेको बताउनुभयो । अहिले अस्पतालमा ब...

मासु घाँटीमा अड्किएर एकको मृत्यु

#, जिबनशैली, समाचार, स्वास्थ्य
मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।रासस...

एक्कासी बिग्रयो मौषम सतर्क रहन प्रशासनको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बिगत केही दिन अगाडी देखी सफा रहेको मौसम एक्कासि बिग्रीइको छ । बिजय दशमी को बेला भएको यो मौसमका कारण धेरैलाइ समस्यामा पारेको छ । बिजया दशमीको फुलपातीको दिन र अष्टमीको दिनमा मोैसम सफा रहे पनी महानवमीका दिन देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । महानवमीको दिनमा भएको वर्षाको कारणले गर्दा दसैँमा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीरहेको जनाएको छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।मौसमविद् सजिना शाक्यका अनुसार आज मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको व...

कदमबासमा सबैदलबिच काँग्रेसकोचियापान

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
  बिपना तामागं गोले. विजया दशमी २०७९ उपलक्ष्यमा कदमबासमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । नेपाली काँग्रेस कदमबासद्वारा शुभकामना आदान(प्रदान तथा चियापान कार्यक्रम गरिएको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न. ९ का वडा अध्यक्ष विमल श्रेष्ठको प्रमुख आतिथ्यतामा कदमबासमा भएको विजय दशमी शुभ दीपावली तथा छठ पर्व र नेपालसंवत ११४३ को पावन अवसरमा आयोजित शुभ(कामना आदान(प्रदान तथा चियापान कार्यक्रम मा बिभिन्न सामाजिक ब्यक्तीहरुको उपस्थिती रहेकोथियो । नेपाली काँग्रेस वडा इकाइ समितिका उपसभापति सुकुमान तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूका साथै शिक्षक महासंघ सिन्धुपाल्चोकका सहसचिव ज्ञानबहादुर तामाङ ने. क.पा. एमालेका वागमति प्रदेश का सदस्य विदुर भारती, ने.क.पा माओवादी केन्द्रका नगर सचिवालय सदस्य एवम वडा नं. ९ का इन्चार्ज कृष्ण व....