चौतारा साँगाचोकगढी नगरपालिका–९ जितपुर निवासी प्यारालाईसिस पिडित ४६ बर्षिय जित बहादुर गिरीलाई आर्थिक सहयोग गरिएको छ । सोमबार हातेमालो मानव सेवा समुह काठमाडांै नेपालद्वारा ७५ हजार ५ सय ५५ रुपयाँ नगद सहयोग गरिएको हो । आर्थिक अबस्था कमजोर भएकोले उपचाचारका लागि जित बहादुर बचाउ अभियानका अभियान्ता ईर्खु टिपटप होटलका संचालक तथा समाजसेवी समीर तामाङको सक्रियतामा वडा अध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यथामा उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । समाजसेवी तामाङको पहलमा हातेमालो मानव सेवा समुहले पिडित गिरिको घरमा नै गई ७५ हजार ५ सय ५५ रुपयाँ नगद र श्री गोल्मा देवी माध्यमिक विद्यालय प्रधानाध्यापक ज्ञान बहादुर तामाङले रु. ५०० सहयोग गरी रु. ७६ हजार ५५ रुपयाँ सहयोग गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक ज्ञान बहादुर तामाङले हातेमालो संस्थामा विद्यालय पनि जोडिएर काम गर्ने पनि बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष बिमल श्रेष्ठले मानव सेवा नै धर्म भन्दै सहयोगी सम्पुर्णमा विशेष धन्यबाद दिदै समाज सेवी समिर तामाङलाई सहयोगको पहल गरेकोमा उहालाई समेत विशेष धन्यबाद दिनु भयो ।
हातेमालो मानव सेवा संस्थाले विभिन्न अपांगता तथा बृद्ध आश्रममा गएर जन्म दिनमा सहयोग गर्दै आएको बताउनु भयो । कार्यक्रममा जित बहादुर बचाउ अभियानका अभियान्ता समीर तामाङले यसरी मानविय सहयोग गर्न पाउँदा आफुलाई धेरै खुशि लागेको बताउनु भयो । हातेमालो मानव सेवा समुहका अध्यक्ष सन्जय श्रेष्ठ लगायतका संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
