सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८ इर्खुमा २६४जनाल स्वास्थ्य सेवा लिएका छन । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम वडा नम्बर – ८ ईर्खु स्वास्थ्य चौकीमा आइतबार भएको हो ।
निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम नगर प्रमुख कृष्णप्रसाद सापकोटा को प्रमुख आतिथ्यतामा र उपप्रमुख सीता थापा को बिशेष आतिथ्यतामा र वडा नम्बर –८ का वडा अध्यक्ष अमृतबहादुर दंगाल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो चौतारा साँगाचोकगढी नगरपालिका को आयोजनामा भएको स्वास्थ्य शिबीरमा जेष्ठनागरिक,गर्भवती महीला, ५बर्ष मुनीका बालबलकिा गरी जम्मा २६४जनाले सेवा लिएका हुन ।
नगर स्वास्थ्य शाखाका प्रमुख शिब पुरीका अनुसार ज्येष्ठ नागरिक २१९ जनाले स्वास्थ्य परिक्षण गराउँनु भएको छ भने ,गर्भवती महीला ८ जना,५ बर्ष मुनिका बालबालिका ४७ जना रहनु भएको छ ।
शिबीरमा१६८ जनाको रक्त परीक्षण गरिएको मा १० सुगर बढेको भेटीएको छ । यसै गरी –१४ जना उच्च रक्त चाप भएको १ जना शंकास्पद क्षय रोगी भएको र आँखा परिक्षण गरिएका ७९ जनामा १० जनामा मोती बिन्दु देखा परेको छ ।
८ जना गर्भवती महिलाको भिडियो एकसरे समेत गरिएको थियो । सोमबार जल्केनी स्वास्थ्य चौकी र मेलचौरको शहरी स्वास्थ्य कार्यलयमा शिबीर हुने भएको छ ।
