सम्पर्क

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया

विपना तामाङ (गोले)

सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि चौतारामा जनप्रतिनिधि र सञ्चारकर्मीहरुबीच सुरक्षित आप्रवासन सामीले एक अन्तरक्रिया कार्यक्रम गरेको छ । आईतबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले सामीले बैदेशिक रोजगारको क्षेत्रमा सर्हानिय कार्य गरेको बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ । उहाँले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने काम स्थानीय तहको भएको भन्दै सामी कार्यक्रमलाई अझ प्रभावकारी बनाएर जान सकिने बताउनुभयो । सामी हेल्भेटासका नेपालका भोपराज सुनुवारले बैदेशिक रोजगारको वर्तमान अवस्था, चुनौती, जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । विशेष गरी बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित गर्नाका लागि विशेष कार्यक्रमहरु मनौपरार्मश सेवा दक्ष सिपमुलक सिपहरु निशुल्क रुपमा प्रदान गर्दै आइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
यसैगरी कार्यक्रममा सामी कार्यक्रम संयोजक अरुण पौडेलले सामी कार्यक्रमले जिल्लामा गरीरहेको काम, आप्रवासी श्रोत केन्द्रको काम, सामीले गरीरहेको न्याय, सूचना, मनोपरामर्श, सिप लगायतको विषयमा जानकारी गराउनु भएको थियो । साथै यस आर्थिक बर्षमा भएको कार्य विवरण र आगामी आर्थिक बर्षमा गरिने योजनाहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । सामीले सिन्धुपाल्चोकको चार वटा स्थानीय तह चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, पाँचापोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकामा कार्यक्रम संञ्चालन गरिरहेको कार्यक्रम संयोजक पौडेलले बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष जिवन श्रेष्ठले सुरक्षित बैदेशिक रोजगारी विषयमा सञ्चार माध्यमको थप सशक्त भुमिका पर्ने बताउनुभयो । उहाँले यस विषयमा स्थानीय तहका सरकारसँग समन्वय गरेर अगाडि बढाउन जोड दिनुभयो ।