बैंकको रुपमा सहकारीलाई स्थापित गर्नुपर्छः नगर प्रमुख तामाङ
सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सहकारीलाई गाउँको बैंकको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको छ । शनिबार ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभामा उद्धघाटन गर्दे उाहाले यस्तो बताउँनु भएको हो । तामाङले सहकारीमा शेयर लगानी बढाउन र बचत बढाउन सदस्यहरुलाई आग्रह गर्नु हँदै शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बोनस वितरण गर्न सकिने बताउनु भयो । उहाँले असल र खराब ऋणी पहिचान गरेर पुरस्कार र दण्डको व्यवस्था गर्न सहकारीलाई सुझाव दिनु भएको थियो । तामाङले सहकारीबाट ऋण लिएर नतिर्ने गरेमा सरकारबाट पाउने सेवा सुविधा बञ्चित गर्ने कानुनी व्यवस्था रहेको सदस्य हरुलाई जानकारी गराउनुभयो । यसरी कानुनले गरेको व्यवस्थालाइ कार्यन्वयन गर्नु स्थानीय सरकारको दाइत्व भएकाले पनी सहकारीको ऋण नतिरेको अबस्थामा सेवा सुबिधा रोक्यो भन्न पाइएन त्यसैले सहका...
