काठमाडौँ, १५ मङ्सिर ः आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् ।
केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको छ । ३६औँ विश्व एड्स दिवसको अबशरमास्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एचआईभीको महामारी नियन्त्रण प्रयासमा विगत दुई दशकमा नेपालले उल्लेखनीय उपलब्धी हासिल गरेको बताउँनु भएको छ । उँहाले शुभकामना शन्देश दिनु हँुदै यस्तो बताउँनु भएको हो । बस्नेतले एचआईभीको महामारी नियन्त्रण प्रयासमा विगत दुई दशकमा नेपालले उल्लेखनीय उपलब्धी हासिल गरेको छ।सन् २०१० देखी २०२२ सम्ममा नयाँ एचआईभी संक्रमण दर करिब ७७ प्रतिशतले घटेको छ भने एड्सबाट हुने मृत्यु ८० प्रतिशतले घटेको छ। संक्रमणकालीन परिस्थति र चुनौतिपूर्ण परिवेशमा एचआईभी नियन्त्रणका प्रयासहरूलाई निरन्तरता दिई सफलता हासिल गर्न योगदान गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरु र सरोकारवाला निकायहरुलाई तथा एचआईभी संक्रमित र मुख्य जोखिम समुदायहरुलाई ३६औं विश्व एड्स दिवसको अवसरमा धन्यवाद दिन चाहन्छु।हाम्रा यी उपब्धीहरुलाई कायम राख्दै दिगो विकास लक्ष्य प्राप्ती गर्ने मार्गमा सक्रियतापूर्वक अग्रसर हुन आग्रह गर्दछु। एचआईभीको ९५–९५–९५ को लक्ष्यहरु (९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतले एआरभी औषधी उपचारमा पँहुच हुने र ती औषधी खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाईरसको भार न्यून हुने। लाई मूर्तरुप दिन टेवा पुग्ने अभिप्रायले यस वर्ष डिसेम्बर १ तारिखका दिन “समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौ” भन्ने मूल नाराका साथ विश्व एड्स दिवस मनाइदै छ।एचआईभीका कार्यक्रमहरुलाई थप प्रभावकारी गराउन र हाल गरिरहेका कार्यक्रमहरुलाई सुदृढीकरण गर्न समुदायको अर्थपुर्ण सहभागिता र सहकार्य अति आवश्यक रहेको हुँदा आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गरिदिनहुन सबैमा हार्दिक अनुरोध गर्दछु । यस पवित्र कार्यका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहयोग गर्न सदैव प्रतिबद्ध रहेको छ।
अन्त्यमा ३६ औं विश्व एड्स दिवस २०२३ को अवसरमा एचआईभीको रोकथाम तथा नियन्त्रणका लागि पुरÞ्याउनु भएको अमूल्य सहयोगका लागि सरोकारवाला सबैलाई धन्यवाद दिन चाहन्छु , भन्नु भएको छ ।
