रोग लागेपछी उपचारको गर्नु भन्दा पनी रोगलाग्नै नदिन सचेत हुनपर्छ ः मन्त्री बस्नेत
रोग लागेपछी उपचारको खोजी गर्नु भन्दा पनी रोगलाग्नै नदीनका लागी नागरिक सचेत रहन पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया तथा नीतिगत छलफल कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउँनु भएको हो ।
स्वास्थ्यका कारण धेरै मानिसहरु मानसिक रोगी भएको आफुले पाएको बताउँदै आत्महत्या गर्नेमध्ये पनि अधिकांश मानसिक रोगी रहेकोले यस तर्फ सरकारको ध्यान जान पर्नै बताउँनु भएको छ । उहाँले बिगतका सरकार कहिल्यै पनि नागरिकको अभिभावक बन्न नसेकोको भन्दै वर्तमान सरकार नागरिकको अभिभावक बन्ने प्रयासमा लागि रहेको बताउँनु भयो । मन्त्री बस्नेतले स्वस्थ रहने पहिलो उपाय भनेकै शारीरिक व्यायम हो भन्नुहुँदै हरेक मानिसले पहिले आफ्नो लागी कम्तीमा पनि १ घण्टा समय दिएर श...
