सम्पर्क

स्वास्थ्य

शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छ: मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  देबीका क्षेत्री मगर काठमाडौँ, २९ वैशाख । ,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन आग्रह गर्नुभयो ।संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उहाँले अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो । 'संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक-फरक व्यवस्था गर्न पाउने व्यवस्था छ', उहाँले भन्नुभयो, 'राज्यको संरचना अनुसार तिनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनुपर्छ । ...

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २९ वैशाख : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताउनुभयो । “सुशासनका लागि कानुन र प्रशासनिक विधि चाहिन्छ, कानुनको शासन स्थापित गर्नैपर्छ, तर कानुन र राज्य संयन्त्रद्वारा मात्रै पनि धेरै विषय हल गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “राज्य संयन्त्रका जिम्मेवार व्यक्ति तथा आम नागरिक राष्ट्रप्रति इमान्दार होउन्, कानुन र प्रशासन मात्रै लगाउनुपर्ने नहोस्, आफैँले राम्रो आचरण अपनाउने अवस्था आओस्, यति हुन सकेमा मात्र भ्रष्टाचार, अनियमितता न्यूनीकरण भएर सुशास...

सव डिभजन वन कार्यलयकाे आयाेजनामा बजार सरसफाई

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चाेक जिल्ला चाैतारासाँगाचाेकगढी नगरपालिकामा शनिबार सरसफाई कार्यक्रम गरियकाे छ । डढेलाे नियन्त्रण गर्नका लागि नियुक्त भयकाे हरित स्वयमसेवकहरुसहित उपिस्थत भयर सरसफाई अभियान गरियकाे हाे । हरित स्वयम सेवक सङयाेजक शारदा प्रसाद चालिसेका अनुसार अहिले पानिपरिरहेका कारण जङगलमा अआगलागिकाे घटना जानकारिमा नआयकाे हुँदा फुर्सदकाे समय लाई सदुपयाेग गर्दै सरसफाईमा जुटेकाे हाे ।सब डिभिजन बन कार्यलय सिन्धुपाल्चोक चौतारा को आयोजना मा भयकाे कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायहरु,सुरक्षा कर्मि जिल्ला स्थित सरकारि तथा गैर सरकारि सस्थाका प्रतिनधि नगर कार्यपालिका सदस्य सानुमाँया गुरुङ्ग वडा न ५ का वडा सदस्य रामबहादुर घले लायन्सक्लब,स्पाेर्टिङ्गग क्लब स्थानीय क्लब हरु जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक जन प्रतिनिधि हरु डिभिजन बन कार्यलय सिन्धुपाल्चोक बाट परिचालित हरित स्वयंसेवक समुहहरुकाे सहभागिता रहे...

प्रभावकारी बन्दै चौताराका थेरापी सेवा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठ , उप प्रमुख पदम नेपाल र अस्पताल प्रमुख डा रुद्रमणी भण्डारी बिच भण्डारीकै कार्य कक्षमा अस्पातालका बारेमा छलफल भएको छ । सो अबशरमा अस्पतालबाट ढाड, कम्मर दुख्ने समस्या, हाडजोर्नी तथा नशासम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछिको समस्या भएका बिरामीका लागि फिजियोथेरापी सेवामार्फत हाडजोर्नी दुखेका,बिभिन्न प्रकारका फिजियो थेरापी गर्न पर्ने बिरामी हरुलाई चौतारा बाटै सेवा प्रदान गरीएको बताउँदे भण्डारीले चौतारा अस्पताललाइ चौतारासाँगाचोकगढी नगरपालिकाले उपकरण सहीत जनशक्तीको सहयोग गरेर ठुलो सहयोग गरेको जानकारी दिनु भयो ।   उँहाले अस्पतालबाट प्रबाह हुने सेवामा कुनै पनी कमी हुन नदीन आफुहरु लागी परेको बताउँनु भयो । सोअबशरमा फिजीयो थेरापी कक्षमा गएर फिजीयो थेरापी गराइरहेका बिरामी सँग अस्पतालबाट प्रबाह गरिएको सेवाका बारेमा समेत जा...

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  काठमाडौँ, २६ वैशाख । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने भन्दै उहाँले त्यसलाई कसरी हुन्छ व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिनुभएको हो । चालू आर्थिक वर्षमा ४ करोड बजेट रहेको भन्दै उहाँले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई सेमी पर्मानेन्ट बनाउनका निम्ति प्रक्रिया अगाडि बढाउन समेत त्यस क्रममा निर्देशन दिनुभयो । 'यहाँ (भृकुटी मण्डप)मा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकोले यो हलको पुनर्निर्माण, स्तरोन्नति गर्न आवश्यक छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोला', मन्त्री चौधरीले प...

आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप लगाउँने सबैलाइ सहयोग गर्न बजगाइको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
नेपाल सरकारले आगामी जेठ १३ गतेदेखि बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने भएको छ ।पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताउँदै गौतमले विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको बताउँनु भयो ।दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । यसै गरी सिन्धुपाल्चोक जिल्लामा पनी पोलियो विरुद्धको खोप १३गते देखी पोलियो रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।पोलियो...

जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाण्डौँ सरकारले बालबालिकालाई आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिनुभयो । उहाँले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ...

चौतारा अस्पतालमा ‘फिजियोथेरापी’ सेवा पुनः सञ्चालन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
जिल्ला अस्पताल सिन्धुपाल्चोकले ‘फिजियोथेरापी’ सेवा पुनः सञ्चालनमा ल्याएको छ । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले शुक्रबार एक समारोहकाबिच उद्घाटन गर्नु हो । केही समय रोकिएको सेवा चौतारा साँगाचोकगढी नगरपालिकाले उपकरण र जनशक्तिमा सहयोग गरेपछि सेवा पुनः सञ्चालनमा आएको छ । २०७२ सालदेखी २०७९ पौषसम्म ह्याण्डीक्याफ्ट इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा बिचमा रोकिएको थियो । चौता    रा साँगाचोकगढी नगरपालिकाको सहयोगमा फिजियोथेरापिस्ट र आवश्यक उपकरण उपलब्ध भएपछि अस्पतालले सेवा प्रवाह पुनः सुचारु गर्न सफल भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती तथा नगर प्रमुख सापकोटाले फिजियो थेरापीले आम जनताले थप स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । उहाँले सेवालाई संस्थागत गर्ने र निरन्तरताका लागि अस्पतालले व्यहोर्नुपर्ने जिम्मेवारीमा सहकार्य गर्न नगरपालिका तयार रहेक...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिनुभएको छ । “वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण ...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ, मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  काठमाडौँ, १८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको बताउँदै मन्त्री चौधरीले ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न नसकेको बताउनुभयो । ुसरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको छ । तथापि, ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न सकिरहेको छैनु, उहाँले भन्नुभयो, ुयस विषयमा नेपाल सरकारले सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।बालब...