गाउँमै उपचार पाएपछि स्थानीय खुसी
पृथ्वीजंग पाण्डे /पिस्कर
गाउँमा नै दाँत उपचार गर्न पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका–४ का नागरिक खुसी भएका छन् । गाउँमा स्वास्थ्य शिविर लिएर पुगेको विशेषज्ञ चिकित्सक सहितको टोलीले दुई सय ६३ जनाको दाँतको उपचार गरेको हो । जेठ १८ गते शुक्रबार गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले निशुल्क स्वास्थ शिविर कार्यक्रमको पिस्कर स्वास्थ चौकीमा शुभारम्भ गर्नुभएको थियो । जेठ १९ गते शनिबार पालिकाको ६ वटै वडाको स्थानीयलाई सेवा दिएर बृहत स्वास्थ शिविर सम्पन्न भएको हो । साथी फाउण्डेशन नेपाल,त्रिपुरासुन्दरी गाउककंपालिका,सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकको आयोजना र समाज डेन्टल अस्पतालको प्राविधिक सहयोग र स्थानीय कार्यकुशल युवा क्लब पिस्करको स्वास्थ शिविरमा सहकार्य रहेको थियो । दुई दिने निःशुल्क बृहत् दन्त तथा स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै दाँत सम्बन्धी सेवा लिन पाएको भन्दै स्थानीय राम बहादुर थामीले ...

