लिसंखुपाखरगाँउपालिकाले बाँड्यो स्मार्ट टिभी
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाले गुणस्तरीय शिक्षा सिकाइका लागी हरेक माध्यमिक बिद्यालयलाई स्मार्ट टिभी दिएको छ । २०८१ जेठ २७ गतेका दिन एक समारोहका साथ पालिकाकी उपाध्यक्ष मिठूदेवी लामाले उक्त टिभी हस्तानन्तरण गर्नु हँुदै गाउँपालिका भित्रका विद्यालयहरूलाई क्रमशः प्रविधिमैत्री बनाउदै लैजाने उद्देश्यले अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिका भित्र रहेका ११ वटा माध्यमिक विद्यालयहरूलाई माध्यमिक तहका बालविकास कक्षाहरूको लागी एक–एक वटा स्मार्ट टिभी (५५ इन्च) को हस्तान्तरण गरिएको बताउँनु भयो । उहाँले साना साना बालबालिकाहरुलाई किताबमा भएको अक्षरलाई मात्र पढाउँनु भन्दा पनी प्रयोगात्मक र प्रत्यक्ष देखाएर पढाउँदा अझ शिक्षा सिकाइमा उपलब्ध हुने भएकाले पालिकाले यो बिधी अपनाएको बताउँनु भयो ।
उहाँले निजी बिद्यालय भन्दा सामुदायीक बिद्यालयलाई सुबिधाराम्रो भएको अबस्थामा पनी सामुदायीक बिद...
