हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
हिराहरि तेक्वान्दो डोजाङ , चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा ग्रेडिङ तथा आउदै गरेको नेपालीहरुको महान पर्व बढा दशै, शुभ दीपावली तथा अन्य पर्बको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। ५ का वडा सदस्य रामबहादुर घले को प्रमुख आतिथ्यता जिल्ला फुटबल संघ सिन्धुपाल्चोक र नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठ, जनता पत्र पत्रीकाका टिका सुबेदी, सिन्धु ज्वालाका प्रमुख निर्मल बस्नेत, अभिभावक तथा खेलाडी हरुको बाक्लो उपस्थितिमा रातो कालो पेटि , प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटीको ग्रेडिङ भएको छ । रातो पेटीबाट रातो कालो पेटीमा सुसन खत्री र सुनिधी कक्षपति उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि रेहान श्रेष्ठ, आशिष तामाङ, प्रबेस नेपाल, रजिब...
